गान्तोक, 05 फरवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङको जन्मदिनको अवसरमा समाजसेवी तथा सरकारी ठेकादार बासु शर्मा, संयुक्त सचिव (मुख्यालय) पंकज गिरी र अध्यक्ष (सामाजिक सञ्जाल) नवीन दाहालले तिन्तेकस्थित ली आल आश्रय गृहको भ्रमण गरी यहाँ आश्रितहरूसॅंग केक काटेर मुख्यमन्त्रीको जन्मदिन मनाए। टोलीले गृहका आश्रित व्यक्तिहरूलाई मिठाई, खाना र अन्य आवश्यक वस्तुहरू प्रदान गरे। यस अवसरमा टोलीले मुख्यमन्त्रीको सुस्वास्थ्य र खुशीको कामनाका साथ दीप प्रज्जवलन गरेर प्रार्थना पनि गरे।
हिन्दुस्थान समाचार / बिशाल