गुवाहाटी, 05 फरवरी (हि.स.)। असम सरकारद्वारा 24 फरवरीमा गुवाहाटीको सरूसजाई स्टेडियममा आयोजित हुने 'झुमर बिनंदिया' नृत्य कार्यक्रमको तयारीको समीक्षाको निम्ति जनता भवनमा आज एक उच्चस्तरीय बैठक आयोजन गरियो। बैठक मन्त्री अशोघ सिंघलको कार्यालयमा भयो, जसमा क्याबिनेट समितिका अन्य सदस्य मन्त्री पीयूष हजारिका, जयन्त मल्ल बरुवा, जोगेन महन र रूपेश गोवाला उपस्थित थिए।
कार्यक्रमको देखरेखको निम्ति गठित यस समितिका साथै विभिन्न विभागका वरिष्ठ अधिकारीहरू पनि बैठकमा सामेल थिए। बैठकमा विभिन्न जिल्लाहरूबाट आउने प्रतिभागीहरूको व्यवस्था, मण्डल अभ्यास शिविर, मुख्य मंच र अन्य निर्माण कार्यहरूको प्रगति, प्रतिभागीहरूको परिवहन, आवास, भोजना तथा अन्य व्यवस्थाहरूमाथि विस्तृत चर्चा गरियो।
क्याबिनेट समितिले 19 फरवरीमा स्थलको निरीक्षण गर्नेछ। यस अघि सबै तयारी पूरा गर्ने निर्देश बैठकमा सम्बन्धित उप समितिहरूलाई दिइएको छ। बैठकमा असम सरकारका वरिष्ठ अधिकारीहरूसहित विभिन्न विभागका प्रमुख अधिकारीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल