बंगाल ग्लोबल बिजनेस समिट नक्कली समझौताको मञ्च मात्र होः शुभेन्दु अधिकारी
शुभेन्दु अधिकारी


कोलकाता, 05 फरवरी (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले बंगाल ग्लोबल बिजनेस समिटलाई सम्बोधन गर्नपूर्व राज्य विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीले यस आयोजनलाई नक्कली सम्झौताको मञ्च बताएका छन्। उनले भने, यो समिट देखावटी सम्झौता अनि खोक्रो दाबीको मेल हो जसबाट राज्यको उद्योग जगतलाई कुनै वास्तविक लाभ हुँदैन।

शुभेन्दु अधिकारीले भने, यो आयोजन केवल नक्कली समझौतामा हस्ताक्षर गर्ने, अस्पष्ट अभिरुचिका अभिव्यक्तिहरू देखाउने औ यस्तो पत्र जारी गर्नको लागि हुन्छ जसको वास्तविकतासित कुनै सरोकार हुुँदैन तथा अन्ततः यी सबै कुड़ादानमा पुग्छ। उनले यसलाई उद्योग औ निवेशभन्दा पर केवल एक प्रचारको रणनीति बताए।

उनले मुख्यमन्त्री ममता ब्यनर्जीलाई चुनौती दिँदै भने, उनले जनतालाई यो कुरा बताउन् कि बंगाल ग्लोबल बिजनेस समिट- 2023 मा घोषित 3 लाख 76 हजार करोड़ रुपियाँको निवेश प्रस्तावमध्ये वास्तविकतामा कति निवेश राज्यमा भएको छ। अधिकारीले यो पनि स्मरण गराए, यो वार्षिक आयोजन वर्ष 2024 -मा कुनै कारणवश हुन सकेको थिएऩ।

विपक्षका नेताले भने, राज्य सरकारको भूमि नीति अनि विशेष आर्थिक क्षेत्रलाई स्वीकृति नदिने नीति ठूलो उद्योगहरूको निवेशमा बाधक हो। उनले भने, पश्चिम बंगालमा भूमि अधिग्रहणको मामिलामा सरकारको निष्क्रियता उद्योगहरूको लागि ठूलो बाधा हो। साथै नयाँ निवेशहरूलाई विशेष आर्थिक क्षेत्रको दर्जा नदिने नीतिको कारणले सूचना प्रौद्योगिकी औ सेवा क्षेत्रमा पनि निवेश आकर्षित हुन सकिरहेको छैन।

अधिकारीले बंगाल ग्लोबल बिजनेस समिटको ट्यागलाइन 'बंगाल मीन्स बिजनेस'-माथि कटाक्ष गर्दै भने, यो केवल देखावटी आयोजन हो जसलाई ठूल्ठूला दाबीहरूले ढाकेर पेश गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande