असममा प्रतिदिन एउटा पुल तथा 15 किमी सड़क निर्माण भइरहेको छः मुख्यमन्त्री
असममा प्रतिदिन एउटा पुल तथा 15 किमी सड़क निर्माण भइरहेको छः मुख्यमन्त्री


- दिव्यांग निरञ्जनलाई मुख्यमन्त्रीले सुम्पिए ई-रिक्शागुवाहाटी, 5 फरवरी (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, राज्यमा एक संगठित विकासको गति छ। असममा विकास वर्तमानमा अभूतपूर्व गति तथा स्तरमा भइरहेको छ। राज्यमा वर्ष 2021-देखि प्रतिदिन एउटा पुल र लगभग 15 किलोमीटर सड़क निर्माण भइरहेको छ।

बुधवार मुख्यमन्त्री डा. सरमाले सोशल मीडियामा एउटा पोस्ट शेयर गर्दै सरकारका उपलब्धि तथा राज्यमा द्रूत गतिमा भइरहेको विकासमाथि प्रकाश पारेका छन्। उनले लेखे, गत वर्ष दिसम्बर महिनासम्ममा 1,236 पुल औ 18,000 किलोमीटर सड़कलाई आम मानिसहरूको सेवामा समर्पण गरिसकिएको छ। यो नयाँ असमको विकासको लागि एक नयाँ दृष्टि हो।

मुख्यमन्त्री डा. सरमाले अर्को पोस्टमा बताएका छन्, असम अनि पूर्वोत्तरमा रेलवे नेटवर्क पछिल्लो दशकमा 1,824 किमी बढ़ेको छ। यो संख्या श्रीलंकाको मोठ रेलवे नेटवर्कभन्दा अधिक हो। यो मोदी सरकारको पूर्वोत्तरमा महत्वको प्रभाव हो। वर्ष 2025-26 को लागि 10,440 करोड़ रुपियाँ आवन्टित गरिएको छ, असममा 50 अमृत बारत स्टेशनसितै धेरैवटा परियोजनाहरू आवन्टन गरिएको छ।

आज अमुख्यमन्त्रीले दिसपुरस्थित आफ्नो आवासमा दिव्यांग निरञ्जनलाई एउटा ई-रिक्शा प्रदान गरे। यस अवसरमा मुख्यमन्त्रीले भने, आज आवश्यकताको महत्वलाई बुझेर गरिएको वाचालाई पूरा गरेर शान्ति महसूस गरिरहेको छु।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande