गुवाहाटी, 05 फरवरी (हि.स.)। राजधानीकोबशिष्ठ डीसीपी मृणाल डेकाले वाहन चोर गिरोहसित भएको एनकाउण्टरलाई लिएर विस्तारपूर्वक प्रकाश पारेका छन्। उनले आज एक संवाददाता सम्मेलनलाई सम्बोधन गर्दै भने, गएमंगलवार राति कुख्यात वाहन चोर दिव्यज्योति सैकिया, अजय सिंहर दीपुतेरोनलाई पक्राउ गरिएको थियो। यीमध्ये दिव्यज्योतिलाई गुवाहाटीको छः माइल क्षेत्रबाट पक्राउ गरिएको थियो जसले विभिन्न राज्यहरूमा बाइक चोरेर बेच्दै आइरहेको थियो।
जाँचबुझ गर्ने क्रममा दिव्यज्योतिर अजयले चोरीको बाइक बारे जानकारी दिनको लागि पुलिसलाई जोरबाटको 13 माइल क्षेत्रमा लिएर गए। यस अवधि जंगलबाट पुलिस टीममाथि ढुङ्गामुड़ा गरियो जसको फाइदा उठाएर दिव्यज्योतिले भाग्ने प्रयास गर्न लाग्यो।
आत्मरक्षामा पुलिसले हावामा दुई राउण्ड फायरिंग गऱ्यो अनि उसलाई नियन्त्रणमा ल्याउनको लागि खुट्टामा गोली चलायो। पुलिसले घटनास्थलबाट दुईवटा चोरीको बाइक र मास्टर की (साँचो) जफत गरेको छ। 6 माइलमा पक्राउ गर्दा दिव्यज्योतिले पुलिसमाथि धारिलो हतियारले प्रहार गर्ने प्रयास गरेको थियो। उसको विरोधमा पहिलाबाटै धेरवटा मामिला दर्ता छ। यस घटनामा एकजना कन्स्टेबल घाइते भए जसलाई जीएमसीएचमा भर्ती गरिएको छ। दिव्यज्योतिको पनि जीएमसीएचमै उपचार भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा