कोलकाता, 05 फरवरी (हि. स.)। आर.जी. कर मेडिकल कलेजमा भएको बलात्कार अनि हत्याको मामिलालाई लिएर पीड़िताका माता-पिताको याचिकामाथि बुधवार कलकत्ता हाई कोर्टमा सुनवाई भयो। सुनवाई अवधि न्यायमूर्ति तिर्थंकर घोषले स्पष्ट पारे, सुप्रीम कोर्टमा लम्बित सनवाईको कारणले हाल यस मामिलाको सुनवाई उनले गर्नेछैनन्। सुप्रीम कोर्टले हाई कोर्टलाई यस मामिलामा सुनवाई गर्ने अनुमति दियो भने मात्र अघिल्लो कारबाही हुनेछ।
सुनवाई अवधि न्यायमूर्ति घोषले यो पनि प्रश्न उठाए, जब यो मामिलामा केन्द्रिय जाँच ब्यूरो (सीबीआई)-को जाँचसित सम्बन्धित रहेको छ भने राज्य सरकारका वकिल अदालतमा किन उपस्थित छन् ?यसमाथि राज्यका वकिलले जवाफ दिए, उनी अदालतलाई सहयोग गर्नका लागि उपस्थित भएका हुन्।
पीड़िताका माता-पिताले यसपूर्व सुप्रीम कोर्टमा एउटा नयाँ याचिका दर्ता गरेका थिए जसमा उनीहरूले माग गरेका थिए, यो मामिलालाई फेरि हाई कोर्टमा सुम्पिइयोस्। उनीहरूको पक्षबाट पेश वकिलले हाई कोर्टसित अनुरोध गरे, जबसम्म सुप्रीम कोर्टमा यस मामिलाको सुनवाई हुदैन तबसम्म हाई कोर्टको सुनवाईलाई दुई सप्ताहको लागि स्थगित गरियोस्।
न्यायमूर्ति घोषले निर्देश दिए, सुप्रीम कोर्टको सुनवाई पूरा भएपछि नैपीड़िताका माता-पिता हाई कोर्ट जाउन् जसपश्चात अग्रिम सुनवाई हुनेछ।
मामिलालाई लिएर पीड़िताका माता-पिताले पहिलादेखि नै न्यायको निम्ति संघर्ष गरिरहेका छन्। सुप्रीम कोर्टमा उनीहरूको नयाँ याचिकापछि अब हाई कोर्टमा पनि यसमाथि नजर राखिंदैछ। पीड़िताका पिताले गत सोमवार नै भनेका थिए, उनीहरूले सुप्रीम कोर्टमा नयाँ अपील दर्ता गरेका छन् जसमा हाई कोर्टलाई जाँच प्रक्रिया सुम्पिइने माग गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा