बीएसएफको फायरिंगमा बंगलादेशी युवक घाइते
बीएसएफको फायरिंगमा बंगलादेशी युवक घाइते


दक्षिण दिनाजपुर, 05 फरवरी (हि.स.)। भारतमा अनुप्रवेश गर्ने प्रयास गरिरहेका एकजना बंगलादेशी युवकलाई सीमा सुरक्षा बल (बीएसएफ)-को गोली लागेर घाइते भए। घाइते बंगलादेशी युवकको नाम मोहम्मद अलाउद्दीन रहेको बताइएको छ। घटना भारत-बंगलादेश सीमा क्षेत्र गंगारामपुर थानाको मल्लिकपुरमा भएको हो। अनुप्रवेशकारीको आक्रमणमा परी बीसएएफका एकजना जवान पनि घाइते भएका छन्।

सूत्र अनुसार बुधवार भोर बिहान पाँचजना बंगलादेशी नागरिकहरू अवैध सीमाबाट छिरेर भारतीय क्षेत्रमा प्रवेश गरे। बीएसएफका जवानहरूले उनीहरूलाई रोक्दा आक्रोशित अनुप्रवेशकारीहरूले जवानहरूमाथि नै प्रहार गरे। यस अवधि अनुप्रवेशकारीहरूले एकजना जवानको राइफल खोस्ने प्रयास गरे। जवाफमा जवानहरूले फायरिंग गरे जसबाट मोहम्मद अलाउद्दीन नामक एकजना बंगलादेशी गोली लागेर घाइते भए भने बीएसएफका जवान पनि गम्भीर रूपमा घाइते भए। दुवैलाई गंगाराम सुपर स्पेशलिटी अस्पतालमा भर्ती गरिएको छ।

सूत्र अनुसार बंगलादेशी प्रतिबन्धित कफ सिरपको तस्करीको लागि सीमा पारी आएका थिए। घटनापछि सीमामा बीएसएफको निगरानी बढ़ाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande