नयाँ दिल्ली, 05 फरवरी (हि.स.)। दिल्लीको ओखला विधानसभा सीटबाट आम आदमी पार्टी (आआपा) उम्मेद्वार अमानतुल्लाह खानविरूद्ध आचार संहिता उल्लंघन गरेको आरोपमा एफआईआर दर्ता गरिएको छ। दिल्ली पुलिसले खानमाथि जामिया नगर पुलिस थानामा एफआईआर दर्ता गरेको छ। यो एफआईआर अन्सार इमरान नामक व्यक्तिको 'एक्स'-मा शेयर भीडियोको आधारमा गरिएको हो।
अन्सारले लेखेका छन्, चुनाउ प्रचार समाप्त भएपछि पनि 'आआपा' समर्थकहरू ओखलामा घुमिरहेका छन् अनि धारा 144 तथा आदर्श आचार संहिताको उल्लंघन गरिरहेका छन्। दक्षिण पूर्वी जिल्लाका डीसीपी रवि कुमार सिंहले 'एक्स' पोस्टमा सो जानकारी गराए। उनले भने, यस मामिलामा अमानतुल्लाहविरूद्ध एमसीसीको उल्लंघन गरे बापत जामिया नगर पुलिस थानामा धारा 223/3/5 बीएनएस औ 126 आरपी एक्ट अन्तर्गत एफआईआर नम्बर 95/25 दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा