तलाउमा डुबेर किशोरको मृत्यु
तलाउमा डुबेर किशोरको मृत्यु


हुगली, 05 फ़रवरी (हि. स.)। हुगली जिल्ला अन्तर्गत ब्याण्डेलको मैरी पार्क क्षेत्रस्थित एक तलाउमा डुबेर एकजना किशोरको मृत्यु भयो।

प्राप्त जानकारी अनुसार गए मंगलवार अपरान्ह ब्याण्डेलको मैरी पार्क क्षेत्रमा 13 वर्षीय तथा 10 वर्षीय दुईजना नाबालिकहरू तलाउमा स्नान गर्न गएका थिए जसमध्ये एकजना किशोर तलाउमा डुबे। एकजना व्यक्तिले घटनाको सूचना किशोरको परिवारलाई दिनसाथ तत्कालै परिवारका सदस्यहरू घटनास्थलमा पुगे। स्थानीय मानिसहरूको सहयोगमा किशोरलाई पानीदेखि बाहिर निकालेर इमामबाड़ा अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। पुलिसले शवलाई पोस्टमर्टमको लागि पठाइदिएको छ। यसपूर्व पश्चिमी मेदिनीपुरको बेलदामा यस्तै एउटा घटना भएको थियो जहाँ दुईजना नानीहरू घर पछाड़िको तलाउमा डुबेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande