कोलकाता, 5 फरवरी (हि.स.) । पश्चिम बंगालमा सार्वजनिक स्थानहरूमा तम्बाकू, पान मसाला एवं सुपाारी थुक्नेहरूमाथि अब ठूलो जरीमाना लाग्नेछ। यसको लागि आगामी बजेट सत्रम पर तंबाकू, पान मसाला या सुपारी थूका नयाँ विधेयक पेश गरिनेछ जसमा यस्ता मामिलाहरूमा कड़ा सजायको प्रावधान राखिनेछ। सम्बन्धित अधिकारीले बुधवार सो जानकारी गराउँदै भने, यो निर्णय गए मंगलवार अबेर साँझ राज्य सचिवालय नवान्नमा सम्पन्न क्याबिनेट बैठकमा लिइएको हो। बैठकमा मुख्यमन्त्री ममता ब्यनर्जीले सार्वजनिक स्थानहरूमा बढ़्दो फोहोरप्रति असन्तुष्टि व्यक्त गरिन्। विशेष गरी उनले ती दागहरूप्रति चिन्ता व्यक्त गरे जुन नयाँ पेन्ट गरिएका पर्खाल अनि फुटपाथहरूमा थुकेका कारणले बसेको हुन्छ जसले राज्य सरकारको सौन्दर्यीकरण योजनाहरूलाई नोक्सान पुऱ्याउँछ।
क्याबिनेटका एकजना सदस्य अनुसार यस नयाँ विधेयकमा दोषीहरूलाई ठूलो आर्थिक दण्ड लगाउने प्रावधान राखिएको छ। तथापि सठिक जरीमानाको राशि भने अहिले नै तय गरिएको छैन। तर सूत्र अनुसार प्रत्येक उल्लंघनको लागि एक हजार रुपियाँ जरीमाना लगाउनसक्छ।
हाल पश्चिम बंगाल सार्वजनिक स्थानहरूमा थुक्ने रोकथाम अधिनियम- 2003 अन्तर्गत अधिकतम 200 रुपियाँको जरीमाना लगाइन्छ। तर यस सामान्य जरीमानालाई लिएर प्रश्न उठिरहेको छ, किनभने अपराधीहरूमा कुनै डर उत्पन्न भएको छैन। त्यसैले नयाँँ विधेयकमा यसलाई न्यूनतम पाँच गुणा बढ़ाउने प्रस्ताव राखिएको छ। यद्यपि यस कानूनलाई प्रभावकारी ढंगमा लागू गर्नको लागि पर्याप्त प्रशासनिक सक्रियताको कमीलाई लिएर भने चिन्ता व्यक्त गरिएको छ।
यस वर्ष राज्य विधानसभाको बजेट सत्र आगामी 10 फरवरीदेशि शुरू हुनेछ जसमा राज्यपाल सी. वी. आनन्द बोसले उद्घाटन भाषण दिनेछन् भने वित्त राज्य मन्त्री (स्वतन्त्र प्रभार) चन्द्रिमा भट्टचार्यल 12 फरवरीमा बजेट पेश गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा