आर.जी. कर बलात्कार एवं हत्याकाण्डः फाँसीको सजाय किन दिइएन, 172 पृष्ठको आदेशमा जजले विस्तारपूर्वक बताए
आर.जी. कर बलात्कार एवं हत्याकाण्डः फाँसीको सजाय किन दिइएन, 172 पृष्ठको आदेशमा जजले विस्तारपूर्वक बताए


कोलकाता, 21 जनवरी (हि. स.)। पश्चिम बंगालको आर.जी. कर मेडिकल कलेजकी एकजना महिला चिकित्सकसित भएको बलात्कार अनि हत्याको मामिलामा दोषी साबित भएका सञ्जय रायलाई सियालदह अदालतका न्यायाधीश अनिर्बाण दासले आजीवन कारावासको सजाय सुनाएको छ। सजाय सुनाउँदा न्यायाधीशले भने, ‘रेयर अफ द रेयरेस्ट’ (विरलैभन्दा पनि विरलतम) होइन, यसै आधारमा फाँसीको सजाय दिनदेखि अस्वीकार गरियो।

न्यायाधीश अनिर्बाण दासले यस मामिलामा 172 पृष्ठको विस्तृत फसेला जारी गरेका छन् जसमा उनले फाँसीको सजाय नदिनुका कारणहरूको विस्तारपूर्वक व्याख्या गरेका छन्। गए सोमवार दोषी सञ्जयलाई जेल पठाउनअघि अदालतको वेबसाइटमा यो फसेलालाई अपलोड गरियो।

न्यायाधीश दासले आफ्नो फसेलामा भने, आजीवन सामान्य सजाह हो भने फाँसी एक अवपाद। उनले यो पनि भने, यस मामिलामा अपराध अत्यन्त घृणित र नृशंस थियो, तर यसलाई ‘विरलतम अपराध’को श्रेणीमा राख्नु उचित हुनेछैन।

उनले स्पष्ट पारे, फाँसीको सजाय ती मामिलाहरूमा मात्र दिइन्छ जहाँ सुधारको कुनै सम्भावना छैन।। उनले भारतीय सुप्रीम कोर्टको 1980-को ऐतिहासिक ‘बच्चन सिंह बनाम पञजाब सरकार’ मामिलालाई आधारको रूपमा पेश गर्दै बताए, मृत्युदण्डको लागि धेरै कड़ा मानदण्ड निर्धारण गरिएको छ। आरजी कर मामिलामा ती मानदण्डहरूको पालन भएऩ।

न्यायाधीशको दृष्टिबाट अपराधको प्रकृति-न्यायाधीश दासले भने, यस अपराधमा पीड़िताले सञ्जयको यौन पिपासाको कारणले आफ्नो ज्यान गुमाउनु पऱ्यो। उनले गला दबाउने अनि यौन शोषणलाई ‘संगठित अपराध’-को संज्ञा दिए। तथापि उनले यसलाई त्यस्तो अपराध मानेनन् जसले समाजलाई गहिराईबाटै झक्झकाउँछ जसबाट फाँसी आवश्यक हुन्छ।

उनले यो पनि भने, अदालतले फसेलामा भावना अनि सामाजिक दबावदेखि टाड़ा बसेर निष्पक्ष रूपमा काम गर्नुपर्छ। जजले भनेका छन्, न्याय प्रतिशोध होइन। हामी ‘आँखाको सट्टा आँखाको मानसिकतादेखि बाहिर आउनुपर्छ।

सजायको आदेशमा न्यायाधीशले भनेका छन्, कुनै पनि अपराधलाई ‘विरलतम अपराध’ मान्नको लागि ठोस अनि निर्विवाद प्रमाण आवश्यक हुन्छ। उनले भने, आर.जी. कर मामिलामा अहिले सुधारको सम्भावना छ।

मामिलाको जाँच गरिरहेको सीबीआईले अदालतमा सञ्जयको अपराधलाई ‘विरलतम’ बताउँदै फाँसीको सजाय दिने माग गरेको थियो। तथापि न्यायाधीशले सीबीआईको यस तर्कलाई खारेज गरिदियो अनि सञ्जयलाई भारतीय दण्ड संहिताको धारा 64, 66 और 103(1) अन्तर्गत दोषी ठहराउँद आजीवन कारावासको सजाय सुनाए। सञ्जयलाई जेलमा आजीवन कारावाससितै एक लाख रुपियाँको जरीमाना भर्ने आदेश पनि दिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande