नाबालिकसित दुष्कर्म, पीड़िता भइन् गर्भवती, आरोपी फरार
sexual harrasment


शिमला, 22 जनवरी (हि.स.)। जिल्ला कुल्लूकी एकजना 15 वर्षीय नाबालिक किशोरीसित दुष्कर्म भएको मामिला सामु आएको छ। दुष्कर्मपछि पीड़िता गर्भवती भएकी छे। यस मामिलामा कुल्लू जिल्लाको आनी पुलिस थानामा सिकायत दर्ता गराइयो। तथापि मामिला शिमला जिल्लाको रोहड़ूसित सम्बन्धित रहेको कारणले रोहडू थानामा जीरो एफआईआर दर्ता गरी मामिलालाई रोहडू पुलिस थानामा ट्रान्सफर गरिएको छ।

आरोपीको पहिचान मनोज कुमार जुब्बल जिल्ला शिमलाको रूपमा भएको छ। आरोपी भागेको कारणले पुलिसले उसलाई खोजिरहेको छ।आरोप छ, मनोज कुमारले नाबालिक किशोरीलाई फकाई-फुस्लाई केही दिनसम्म आफूसित राखेर उसको बलात्कार गऱ्यो जसले गर्दा पीड़िता गर्भवती भई।

पीड़िताकी आमाद्वारा पुलिसलाई दिइएको सिकायत अनुसार आरोपीले पीड़ितासित जून, 2024-मा शारीरिक सम्बन्ध राख्यो। हाल पीड़िता सात महिनाकी गर्भवती भएकी छे। सिकायतमा आरोप लगाइएको छ, आरोपीले आफ्नी आमा र बहिनीको सहयोगमा यस कुकृत्यलाई परिणाम दिएको हो। आरोपी परिवारले उनीहरूलाई ज्यानमारा धम्की समेत दिएको छ।

रोहड़ू पुलिसका एकजना अधिकारीले बुधवार बताए, सिकायतको आधारमा दुष्कर्म, ज्यानमारा धम्की तथा पोक्सो एक्ट अन्तर्गत मुद्दा दर्ता गरी कारबाही गरिँदैछ। अभियुक्तलाई खोजिरहेको छ। चाँड़ै नै उसलाई पक्राउ गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande