दक्षिण कोरियाका राष्ट्रपति येओलले संवैधानिक न्यायालयमा राख्नेछन् आफ्नो पक्ष
दक्षिण कोरियाका राष्ट्रपति येओलले संवैधानिक न्यायालयमा राख्नेछन् आफ्नो पक्ष


सियोल, 05 जनवरी (हि.स.)। दक्षिण कोरियाका राष्ट्रपति यून सुक येओल संवैधानिक न्यायालयमा महाभियोग मामिला लड्न तयार भएका छन्। येओलमाथि गम्भीर आरोपहरू छन्। मार्शल लको अल्पकालिक घोषणापछि नेशनल असेम्ब्लीले उनी विरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो। संवैधानिक न्यायालयले उनी विरुद्ध महाभियोग चल्छ कि चल्दैन भन्ने तय गर्नेछ।

यस बीच, एक अदालतको वारन्टमा भ्रष्टाचार जॉंच कार्यालयले उनलाई हिरासतमा लिन निकै प्रयास गऱ्यो, तर सफल भएन। यस वारन्टको कार्यान्वयनको मिति 6 जनवरी हो।

द कोरिया टाइम्स समाचार पत्र अनुसार, राष्ट्रपतिको कानुनी सल्लाहकार युन ग्याप ग्यूनले आइतवार भने, येओलले संवैधानिक न्यायालय समक्ष महाभियोग मामिलामा आफ्नो पक्ष राख्नेछन्। शीर्ष अदालतले सुनवाईको निम्ति 14 जनवरी, 16 जनवरी, 21 जनवरी, 23 जनवरी र 4 फरवरीको तारिक तय गरेको छ।

कानुनी सल्लाहकार युन ग्याप ग्यूनले संवाददाताहरूलाई एउटा सन्देश पठाएका छन्, जसमा राष्ट्रपति उचित तिथिमा न्यायालय समक्ष उपस्थित भएर आफ्नो स्थिति राख्ने कुरा उल्लेख छ। येओल 14 जनवरीमा संवैधानिक न्यायालय समक्ष उपस्थित रहने धेरै सम्भावना रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande