खरसाङ, 08 जनवरी (हि.स.)। घैयाबारी स्पोर्ट्स एसोसिएशनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भइरहेको नगदराशि फुटबल टुर्नामेन्टमा सिविटार युनाइटेड क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा लिंकन क्लब सिपाहीधुरालाई 3-1 गोलले हराएर सिविटार युनाइटेड क्वार्टर फाइनलमा प्रवेश गरेको हो।
यस खेलमा म्यान अफ् द म्याच सिविटार युनाइटेडको जर्सी नम्बर 8 इला चयन भएका छन्। आजको खेलमा मुख्य अतिथिको रुपमा जीवनकुमार गुरुङ उपस्थित रहेका थिए। भोलि, बिहिवार मिक्स अप बोइज खरसाङ र एक्का ट्रायलमाझ भिडन्त हुनेछ।
आयोजक समिति घैयाबारी स्पोर्ट्स एसोसिएशनको पक्षमा दावा वाङ्दी लामाले आज दोस्रो चरणको खेल अन्तर्गत सिविटार युनाइटेड र लिंकन क्लब सिपाहीधुरामाझ भिडन्त भएको, जसमा सिविटार युनाइटेड 3-1 को अन्तरले प्रतिद्वन्दी दललाई हराएर क्वार्टर फाइनलमा प्रवेश गरेको बताए। उनले यस टुर्नामेन्टको फाइनल खेल आगामी 26 जनवरीमा सम्पन्न हुने बताए। टुर्नामेन्टमा विजेतालाई ट्रफीससहित नगदराशि डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने उनले जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक