हुगली, 13 अक्टोबर (हि. स.)। पश्चिम बंगाल सरकारले प्याज किसानहरूको लागि ठूलो निर्णय लिएकोछ। अब राज्यमा 775 प्याज भण्डारण घर निर्माण गरिनेछ जसबाट किसानहरूले प्याज तत्कालै बेच्ने बाध्यताबाट मुक्ति पाउनेछन् अनि वर्षभरि नै प्याजको उपलब्धता सुनिश्चित हुनेछ। यसको लागि राज्य सरकारले सरकारी अनुदान पनि दिनेछ।
कृषि विपणन मन्त्री बेचाराम मान्नाले सोमवार जानकारी दिए, प्याज भण्डारण घर बनाउनको लागि हुगलीमा अनलाइन आवेदनमा 352 जना किसानहरूले भाग लिए जसमा लटरीको माध्यमबाट 175 जना किसानहरूलाई चयन गरियो। प्रत्येक किसानलाई एक लाख 25 हजार रुपियाँ सरकारी अनुदान दिइनेछ।
मन्त्रीले भने, यस पहलबाट महाराष्ट्र र नासिकमाथि हाम्रो निर्भरता कम हुनेछ। असमय प्याजको मूल् अचानक बढ़्ने समस्या समाप्त हुनेछ। यसाट किसानहरू उत्साहित हुनेछन् अनि उनीहरूलाई उचित मूल्य पनि प्राप्त हुनेछ। हाीले सरकारको तर्फबाट किसानहरूलाई हरेक प्रकारको सहयोग दिरहेका छौं।
प्याज भण्डारणको लागि हुगली जिल्लामा 175 वटा भण्डारण घर बनाइनेछ। राज्यका दश प्रमुख प्याज उत्पादक जिल्लाहरूमा अन्य 600 वटा भण्डारण घर निर्माण गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा