गान्तोक, 13 अक्टोबर (हि.स.)। जनताको घरदैलोमा शासन पुर्याउने सरकारको प्रतिबद्धता पूरा गर्ने दिशामा मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सम्मान भवनमा ‘कनेक्ट टु सीएम’ मञ्चको शुरुवात गरे। ‘कनेक्ट टु सीएम’ एक नागरिक-केन्द्रित मञ्च हो, जुन सिक्किमका जनतालाई आफ्ना चिन्ताहरू व्यक्त गर्न तथा समयमै कुशल र प्रभावकारी सार्वजनिक सेवा सुनिश्चित गर्न सशक्त बनाउन तयार गरिएको हो।
मुख्यमन्त्री कार्यालय अनुसार, सरकार र जनताबीचको खाडललाई कम गर्ने उद्देश्यले गरिएको यो पहलले पारदर्शिता र प्रत्यक्ष संलग्नताको नयाँ युगको संकेत गर्दछ जसले नागरिकहरूलाई आफ्नो चिन्ताहरू व्यक्त गर्न, आवश्यक सेवाहरूमा पहुँच सुनिश्चित गर्न र मुख्यमन्त्री कार्यालयसँग प्रत्यक्ष सम्पर्क गर्न सक्षम बनाउने छ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले यो पहल अन्तिम व्यक्तिसम्म पुग्ने सरकारको दृष्टिकोण अनुरूप रहेको बताए। उनले हाम्रो ध्यान साँच्चै 'नजुडेकाहरूलाई जोड्ने' हुनुपर्छ भनी बताए। उनले मुख्यमन्त्री कार्यालयका अधिकारीहरूलाई सधैं सार्वजनिक सेवालाई आफ्नो प्रयासको केन्द्रमा राखेर दक्षता र समर्पणका साथ काम गर्न पनि आग्रह गरे।
यो सेवा 14 अक्टोबर, 2025 देखि सञ्चालनमा आउनेछ, र नागरिकहरूले सरकारी बिदा र चाडपर्वहरूसहित हरेक दिन बिहान 10:30 बजीदेखि अपराह्न 4:00 बजीसम्म दुई फोन नम्बरहरू 80016-81188 र 93327-81188 मार्फत सम्पर्क गर्न सक्नेछन्।
सार्वजनिक सेवा प्रवाहमा प्रविधिलाई एकीकृत गरेर, ‘कनेक्ट टु सीएम’ ले अझ बढी दक्षता, जवाफदेहिता र समावेशीतालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको मुख्यमन्त्री कार्यालयले बताएको छ। यसले उत्तरदायी शासन र नागरिक सशक्तिकरण सुनिश्चित गर्दै ‘आँगनमा सरकार’ प्रति सरकारको निरन्तर प्रतिबद्धतालाई पुन: पुष्टि गर्दछ।
यस अवसरमा मुख्यमन्त्रीले मुख्यमन्त्री कार्यालय अन्तर्गतका सबै योजनाहरूको प्रभावकारी अनुगमन र कार्यान्वयन सुनिश्चित गर्न एक डिजिटल ढॉंचा मुख्यमन्त्री योजना एकीकृत प्रबन्धन प्रणाली पनि शुभारम्भ गरिन्।
यस अवसरमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ र बिकास बस्नेत, मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ, मुख्यमन्त्रीका प्रधान सचिव एसडी ढकाल, सीएमओ सचिव कर्म नामग्याल भोटिया तथा अन्य अधिकारीहरू पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल