नाम्ची, 13 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शन र समर्थनमा नाम्ची जिल्ला पुलिसले येतिस बास्केटबल क्लबको संयुक्त तत्वावधानमा नाम्ची खुला बास्केटबल टुर्नामेन्ट आयोजना गर्ने भएको छ। उक्त प्रतियोगिता आगामी 30 अक्टोबरदेखि 1 नोभेम्बर, 2025 सम्म नाम्ची पब्लिक स्कूलमा चल्ने जानकारी गराइएको छ। यस प्रतियोगिताको आयोजना नशामुक्त सिक्किमको लक्ष्यलाई केन्द्र गरेर गरिएको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल