गान्तोक, 13 अक्टोबर (हि.स.)। निङ्गमा संस्थानका संस्थापक एवं अध्यक्ष पुज्य रिग्जिन दोर्जी रिम्पोछेले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे।
यस भेट अवधि रिम्पोछेले राज्यपाललाई निङ्गमा संस्थान, मार्ताममा आयोजित हुने 29औं दीक्षान्त समारोह तथा वरिष्ठ भिक्षुहरूका लागि नयॉं छात्रावास एवं स्तम्भको उद्घाटन कार्यक्रममा मुख्य अतिथिको रूपमा सम्मिलित बन्न औपारिक निमन्त्रणा दिए। यस अवारमा रिम्पोछेले राज्यपाललाई बौद्ध धर्मको एउटा आध्यात्मिक पुस्तक पनि भेट गरे।
राज्यपालले निङ्गमा संस्थानद्वारा आयोजित कार्यहरूको बारेमा जानकारी लिए। राजभवन अनुसार, रिम्पोछे रिग्जिन दोर्जी निङ्गमा संस्थान गान्तोक र निङ्गमा रिट्रीट सेन्टर मार्तामका संस्थापक एवं अध्यक्ष हुन्। उनी विश्वभरि स्थित धेरै अन्य आध्यात्मिक केन्द्रहरूको पनि प्रमुख हुन्।
हिन्दुस्थान समाचार / बिशाल