खरसाङ, 13 अक्टोबर (हि.स.)। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आज पुन: पहाड आएकी छन्। गत 4 अक्टोबरको राति आएको प्राकृतिक प्रकोपको निरीक्षण गर्न र आपदामा परेर मृत्यु भएका मृतकका परिवारलाई राहत राशि प्रदान गर्न गत 7 अक्टोबरको दिन खरसाङ खण्डको दूधे आएकी थिइन् भने सोमबार फेरि उनी पहाड आएकी छन्।
सोमबार मुख्यमन्त्री ममता ब्यानर्जी अलिपुरद्वारको कार्यक्रम सकेर सिलगढी आएपछि सोझै सुकना हुँदै राष्ट्रिय राजमार्ग 110 अन्तर्गत तीनधारे, महानदी भएर खरसाङको गिद्ध पहाडस्थित सर्किट हाउसमा आइपुगेकी छन्। उनी साँझ 6 बजीको समयमा खरसाङको गिद्ध पहाडस्थित सर्किट हाउसमा आइपुगेकी थिइन्। उनी मंगलवार मिरिक जान सक्ने बताइएको छ। उनले मिरिकमा प्रशासनिक बैठक पनि गर्ने सम्भावना रहेको छ।
मिरिकबाट दार्जिलिङ गएपछि सिलगढी भएर कोलकाता फर्किने कार्यक्रम रहेको बताइएको छ। सोमबार सॉंझ मुख्यमन्त्री ब्यानर्जी खरसाङको गिद्ध पहाड आइपुग्दा हिल तृणमूल कांग्रेसका पदाधिकारीहरु र कार्यकर्ताहरुले स्वागत जनाएका थिए। यस क्रममा हिल तृणमूल कांग्रेस अध्यक्षा एवं पूर्व सांसद शान्ता छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए।
राज्यकी मुख्यमन्त्रीलाई स्वागत गर्न उपस्थित रहेकी हिल तृणमूल नेत्री एवं पूर्व सांसद शान्ता छेत्रीले पत्रकारहरुलाई सम्बोधन गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी सोमवार खरसाङ आइपुगेकी र मंगलवार मिरिक जाने बताइन्। उनले योभन्दा पहिला 7 अक्टोबरमा पनि मुख्यमन्त्री खरसाङको दुधेमा आएर आपदामा ज्यान गुमाएका मृतकका परिवारलाई 5 लाख रुपियाँ गरेर चेक वितरण गरेकी बताएकी छन्।
हिन्दुस्थान समाचार / हनोक