खड़गपुर, 13 अक्टोबर (हि.स.)। खड़गपुरको दुई नम्बर ब्लकस्थित चंगुआल गाउँकी पञ्चायत प्रमुख दीपाली सिंहमाथि भएको कथित हमलाको विरोधमा आज भारत मुण्डा समाजका सदस्यहरूले खड़गपुर नगरमा विशाल विरोध ऱ्याली निकाले। ऱ्यालीमा ठूलो संख्यामा महिला अनि अन्य आदिवासी समाजका सदस्यहरू सामेल भए।
प्रदर्शनकारीहरूले बाजा-गाजाको साथमा लामो पंक्तिबद्ध भेर खड़गपुर लोकल थानासम्म मार्च गरे अनि त्यहाँ पुगेर विरोध नारा लगाउँगै आफ्ना मागहरूलाई प्रशासन समक्ष राखे। आदिवासी समाजका प्रमुख व्यक्तिहरूले माइकबाटै आक्रोशजनक भाषण दिएर घटनाको गम्भीरता अनि दोषीहरूविरूद्ध कारबाही गर्ने आवश्यकतामाथि बल दिए।
आन्दोलनकारीहरूले मेदिनीपुर जाने बाटो र चौरंगीदेखि खड़गपुर आउने बाटोलाई पूर्ण रूपले बन्द गरिदिेए जसबाट प्रभावित क्षेत्रमा मानिसहरूको आवागमन बाधित भयो।
प्रदर्शकारीहरूको भनाइ छ, पञ्चायत प्रमुखसित भएको कथित शारीरिक एवं मानसिक उत्पीड़न, हिंसाको विरोध भइरहेको छ। न्याय नपाउञ्जेलसम्म यो आन्दोलन जारी रहनेछ। अर्कोतिर स्थानीय प्रशासनले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा