दुर्गापुर दुष्कर्मकाण्डः राज्यपालले दोषीहरूलाई कठोर सजाय दिनुपर्ने माग गरे
दुर्गापुर दुष्कर्मकाण्डः राज्यपालले दोषीहरूलाई कठोर सजाय दिनुपर्ने माग गरे


कोलकाता, 13 अक्टोबर (हि.स.)। पश्चिम बंगालका राज्यपाल सी. वी. आनन्द बोसले दुर्गापुरमा एकजना मेडिकल छात्रासित भएको सामूहिक दुष्कर्मप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले यस घटनालाई “अत्यन्तै आश्चर्यचकित बनाउने” बताउँदै यस्ता घटनाहरूको पुनरावृत्तिलाई रोक्नका लागि दोषीहरूलाई कठोर सजाय दिनुपर्ने आवश्यकतामाथि बल दिए।

सोमवार दुर्गापुर पुगेका राज्यपालले मीडियासित बातचित गर्दै भने, यो अत्यन्त अचम्भ पार्ने घटना हो र यस्तो पहिलो पटक भएको होइन। भविष्यमा यस्तो घटनाहरूलाई रोक्नका लागि ठोस कदम उठाउनुपर्छ। मामिलाको गम्भीर रूपमा जाँच हुनुपर्छ अनि कड़ा कारबाही गर्न अनिवार्य छ।

यसपूर्व हावड़ा स्टेशनमा पत्रकारहरूसित बातचित गर्दै उनले भने, उनले घटनाको सम्पूर्ण जानकारी मागेका छन् र दोषीहरूलाई कठोर दण्ड दिइनेछ। बोसले भने, म पहिला पीड़ितासित भेट गर्नेछु अनि मात्र राज्यको कानून व्यवस्थामाथि कुनै टिप्पणी गर्नेछु।

राज्यपालको यो भ्रमण यस्तो समयमा भएको छ जतिबेला राज्यभरि नै यस जघन्य घटनालाई लिएर आक्रोश बढ़्दै गइरहेको छ। यस घटनाले सत्तासिन तृणमूल कंग्रेस र विपक्षी भारतीय जनता पार्टीबीच राजनीतिक आरोप-प्रत्यारोपलाई तीव्र बनाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande