उत्तर बंगाल भ्रमणमा ममता ब्यनर्जी, आपदा मृतकहरूको परिवारलाई सुम्पिइन् नियुक्ति पत्र
उत्तर बंगाल भ्रमणमा ममता ब्यनर्जी, आपदा मृतकहरूको परिवारलाई सुम्पिइन् नियुक्ति पत्र


जलपाइगढी, 13 अक्टोबर (हि.स.)। केही दिनभित्रमै फेरि एकपटक उत्तर बंगालको आपदा प्रभावित क्षेत्रहरूको भ्रमणमा आएकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार नागराकाटामा प्राकृतिक आपदामा ज्यान गुमाउनेहरूको परिवारहरूका एक-एकजना सदस्यलाई होमगार्ड पदमा नोकीरीको नियुक्ति पत्र सुम्पिइन्। साथै प्रत्येक मृतक परिवारलाई पाँच-पाँच लाख रुपियाँ आर्थिक सहयोग पनि प्रदान गरिन्। मुख्यमन्त्रीले यो पनि घोषणा गरिन्, पीड़ित परिवारहरूको आपदामा नष्ट भएका सबै दस्तावेजहरूको डुप्लिकेट कपी राज्य सरकारले बनाइदिनेछ।

उल्लेखनीय छ, मुख्यमन्त्री ममता ब्यानर्जी आपदा आएको दोस्रो दिन नै उत्तर बंगाल आइपुगेकी थिइन्। उनले राहत शिविरहरूको दौड़ाह गरी पीड़ित परिवारहरूसित भेट गर्नको साथै क्षतिग्रस्त क्षेत्रहरूको निरीक्षण गरेकी थिइन्। त्यसबेला उनले वाचा गरेकी थिइन्, उनी केही दिनभित्रै फेरि उत्तर बंगालमा आउनेछन्। आइतवार उनले हासीमारा अनि यस वरपरका केही क्षेत्रहरूको भ्रमण गरे भने समवार नागराकाटामा राहत सामग्रीहरू आफ्नै हातले वितरण गरिन्।

ममता ब्यानर्जीले भनिन्, आपदामा घर गुमाएका परिवारहरूको घर चाँड़ै निर्माण गरिनेछ। उनले यो पनि बल दिँदै भनिन्, आपदामा कतिपय परिवारहरूको सम्पूर्ण दस्तावेज नष्ट भएको छ जसले गर्दा राज्य सरकारले विशेष क्या शुरू गरेको छ जहाँ पीड़ितहरूले आफ्नो दस्तावेजहरूको नयाँ प्रति बनाउन सक्नेछन्। यसको साथै मुख्यमन्त्रीले भुटानमाथि फेरि तीव्र हमला गर्दै भनिन्, “मैले पहिला नै भनेकी थिएँ, इण्डो-भुटान रिभर कमिशन बनाइयोस्। यस स्थितिको लागि भुटानको पानी जिम्मेवार छ, उनीहरूले क्षतिपूर्ति दिनुपर्छ।”

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande