प्रदेश भाजपा अध्यक्ष शमिक भट्टचार्य अस्पतालमा भर्ती
प्रदेश भाजपा अध्यक्ष शमिक भट्टचार्य अस्पतालमा भर्ती


कोलकाता, 13 अक्टोबर (हि.स.)। प्रदेश भाजपा अध्यक्ष शमिक भट्टचार्य अचानक अस्वस्थ भएका कारणले सोमवार उनलाई बाइपासस्थित एक निजी अस्पतालमा भर्ती गरियो।

अस्पताल सूत्र अनुसार उनको केही शारीरिक परीक्षण गरिनेछ साथै सामान्य स्वास्थ्य जाँच पनि हुनेछ। रिपोर्टको आधारमा अग्रिम चिकित्सा प्रक्रिया तय गरिनेछ।

जानकारी अनुसार 62 वर्षीय शमिक भट्टचार्य पछिल्लो केही दिनदेखिको ज्वरोले ग्रस्त भएका थिए। औषधि सेवन गरे पनि उनको स्वास्थ्यमा सुधार आएन। अस्वस्थ अवस्थामा पनि पार्टी गतिविधिमा सक्रिय रहे। तर सोमवार बिहान उनको स्वास्थ्य बिग्रिनको साथै कमजोरी बढ़ेको कारणले तुरून्तै अस्पतालमा भर्ती गरियो।

शमिक भट्टचार्य हाल चिकित्सकहरूको निगरानीमा छन्। उनले आफ्नो स्वास्थ्यको वर्तमान स्थितिमाथि हाल कुनै विस्तृत जानकारी दिएका छैनन्, तर सबै आवश्यक जाँच गरिने बताइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande