जलपाइगढी, 13 अक्टोबर (हि. स.)। जलपाईगुड़ी जिल्लाको मयनागुड़ीस्थित चाटुआ बस्तीमा मृगको मासु बेचेको आरोपमा वन विभागले एकजना युवकलाई पक्राु गरेको छ।
जलपाइगढी वन विभागका एडीएफओ (सहायक वन अधिकारी) जयन्त मण्डलले बताए, पक्रा पर्ने युवकको नाम अमन उराँव हो। आरोपीमाथि पहिला पनि जंगलको काठ चोरी गरेको आरोप लागिसकेको छ।
जयन्त मण्डलले भने, “गए आइतवार गुप्त सूचना प्राप्त भएको थियो कि आरोपीले एउटा हिरणलाई मारेर त्यसको मासु काटेर बेच्ने प्रयास गऱ्यो। सूचनाको आधारमा तुरून्तै छापा मारेर आरोपीलाई पक्राउ गरियो।”
वन विभाग अब यो पत्तो लगाउन जुटेको छ कि यस घटनामा अरू को-को सामेल थिए। सोमवार आरोपीलाई अदालतमा पेश गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा