खरसाङको वार्ड नम्बर 2 टेकवीर बस्तीमा भागोप्रमोको सभा सम्पन्न
bgpm meeting


खरसाङ, 26 अगस्त (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रिय अध्यक्ष अनित थापाले 28 नम्बर समष्टि अनि 29 नम्बर गिद्ध पहाड अन्तर्गत पर्ने खरसाङ नगरपालिकाका बीसवटै वार्डहरूमा भएको वार्ड कमिटीका नेतृत्त्व अनि समर्थकहरुमा ऊर्जा भर्न अनि सुदृढ़ गर्न हेतु प्रत्येक वार्डमा सभा आयोजन गरी सांगठनिक सभा भइरहेको छ। यसै क्रममा टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रीनकोे अगुवाईमा वार्ड नम्बर 2 अन्तर्गत टेकवीर बस्तीमा आज एक सभा सम्पन्न भयो।

वार्डका वरिष्ठ सदस्य तथा वार्ड कमिटीका अध्यक्ष सुजय गुरुङको अध्यक्षतामा सम्पन्न भएको सभामा टाउन कमिटीका कार्यकारीणी सदस्य आनन्द गुरुङ, उपाध्यक्ष रंजन गजमेरले सभालाई सम्बोधन गरेका थिए।

टेकवीर बस्तीका सदस्य बीपेन राईले वक्तव्य राख्दै नयाँ सरकार गठन भएको केही महिनामा नै नव निवार्चित सरकारले गर्दा धेरै समस्याहरु भोगिरहेको बताए। उनले विगतमा जीटीएमा भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चाका केन्द्रिय अध्यक्ष अनित थापा मुख्य कार्यपाल हुँदा यसरी भोग्नु परेको थिएन भनी बताए।

उनले भने, जनसाधारणकोे प्रत्येक समस्याकोे निम्ति भन्ने ठाउँ थियो। केही पनि समस्या हुँदा वार्डका प्रतिनिधिहरुले अघि बढेर सहयोग गर्ने भएकाले सबैलाई सजिलो थियो। तर, वर्तमान पहाड़कोे जन साधारणले क्षेत्रीय प्रतिनिधि लगायत सभासदहरु नभएको कारण धेरै असुविधा छ। आज पनि यदि पहाड़कोे निम्ति योग्य नेता अनि पार्टी छ भने अनित थापा र भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चा मात्रै हो।

सभामा वक्तव्य राख्दै खरसाङ टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रीनले बीजेपीले भोट जिते पनि जनताको निम्ति केही पनि सहयोग नगरेको आरोप लगाए। उनले आम जनता मूलभूत सुविधाबाट वञ्चित रहेको बताए। उनले भने, भागोप्रमो केन्द्रिय अध्यक्ष अनित थापाकाे कार्यकालमा हरेक क्षेत्रमा पहाड़भरि नै विकासमूलक कार्य भएका थिए। वर्तमानमा पहाड़मा कूनै सरकार छैन।

सभाध्यक्ष सुजय गुरुङले सभामा यसरी सबैजनाकोे उपस्थितिले भागोप्रमो अनि अनित थापाकोे कार्यशैली निश्चय नै राम्रो अनि जनसाधारणकोे हितमा छ भन्ने स्पष्ट भएको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande