तीनधारेमा दुई वर्षपछि पनि पैह्रो रोकथाम नभएपछि स्थानीयहरुद्वारा सरकार समक्ष गुहार
Tindharia


खरसाङ, 26 अगस्त (हि.स.)। खरसाङ खण्ड अन्तर्गत तीमधारेको माथिल्लो गोलाई क्षेत्रमा दुई वर्ष अघि गएको पैह्रोले पुर्याएको क्षतिको अहिलेसम्म मर्मत नगरिएकाले स्थानीयहरुलाई धेरै असुविधा भइरहेको छ। स्थानीय मानिसहरूले सरकार पक्षबाट झट्टै मरमत्ति गरिदिन निवेदन गरेका छन्।

तीनधारेको माथिल्लो गोलाई क्षेत्रको ब्लु डाईमाण्ड स्कूलमुन्तिर 2024 मा बर्खामा पैह्रोले तीनवटा घरहरुलाई क्षति गरेको थियो। दुई परिवार पैह्रोले विस्थापित भएका थिए भने एक परिवार त्यही बस्दै आएका छन्। तर, बर्खाको समयमा उनीहरू डरसरि बस्नुपर्ने बाध्यता रहेको छ। साथै, क्षेत्रमा उक्त पैह्रोले गाउँमा जाने बाटो पूर्ण रुपमा बन्द भएको छ।

दुई वर्षदेखि बन्द रहेको बाटो अहिलेसम्म बनिएको छैन। बाटोको अभावले गर्दा स्थानीयहरुले धेरै असुविधाको सामना गरिरहेका छन्। विशेष गरी गाउँका बूढा पाका, बिमारीहरु, विद्यार्थीहरु र स्थानीयहरुलाई धेरै असुविधा भइरहेको छ। उक्त पैह्रो मरमत्तिको लागि स्थानीय पञ्चायतमा र पहिलेको सरकार साथै नयाँ सरकार समक्ष पनि गुहार लगाएको बताएका छन्। तर अहिलेसम्म पनि पैह्रो मरमत्तिको कार्य हुन सकेको छैन। स्थानीय मदनकुमार प्रधान र प्रह्लाद रसाइलीले स्थानीयहरूको सुविधालाई ध्यानमा राख्दै आगामी दशैं अघि मरमत्ति गरिदिए सुविधा हुने बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande