
मिरिक, 26 अगस्त (हि.स.)। वाग्येकार गोपाल योञ्जनको ८३औँ जयन्ती आज मिरिक गोपाल योञ्जन प्रतिष्ठानको आयोजना यहाँको गोर्खा रङ्गमञ्च भवन परिसरमा सम्पन्न गरियो। प्रतिष्ठानका अध्यक्ष एसबी गजमेरले अध्यक्षता गरेकाे कार्यक्रममा गोपाल योञ्जनका सहपाठी तपेन्जामनी गुरूङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
वाग्येकार गोपाल योञ्जनको सालिगमा धुप दीप प्रज्वलन गरेसँगै शुरू भएको कार्यक्रममा प्रतिष्ठानका उपध्याक्ष कैलाश राईले वाग्येकार गोपाल योञ्जनको सक्षिप्त जीवनी प्रस्तुत गरे। कार्यक्रममा साहित्य सुनौँ परिवार मिरिकका अध्यक्ष अमर दुङमाली, चिमल क्लबका प्रतिनिधि तथा साहित्यकार दीप जोशी, सुचना एवं सांस्कृतिक विभाग मिरिकका प्रभारी मिलन राई, कर्मचारी दीप थोकर, संगीतकार तथा गायक पारस घिमिरे, वरिष्ठ नागरिक कल्याण संघ मिरिकमा अध्यक्ष एटी राई, साहित्यकार अरूण चन्द्र कुलुङ बिद्रोही साईला, देवीलाल प्रधान, नाट्यकर्मी सत्यन वरदान लगायत अन्यको उपस्थिति रहेको थियो।
कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा प्रतिष्ठानका अध्यक्ष एसबी गजमेर अनि सचिव केसाङ लामाले कार्यक्रममा उपस्थित सम्पूर्ण अथितिहरूप्रति आभार प्रकट गरे।
---------------
हिन्दुस्थान समाचार / हनोक