द्रूत गतिको कारको ठक्करले श्रमिकको मृत्यु, दुई घाइते
द्रूत गतिको कारको ठक्करले श्रमिकको मृत्यु, दुई घाइते


मुर्शिदाबाद, 13 अक्टोबर (हि.स.)। जिल्लामा भएको एक सड़क दुर्घटनामा परी ईँटा भट्टीमा काम गर्ने श्रमिकको मृत्यु भयो भने अन्य दुईजना गम्भीर रूपमा घाइते भए। यो दुर्घटना गए आइतवार अबेर राती दौलताबादको छैघरी क्षेत्रस्थित पितृस्मृति पार्क नजिक बहरमपुर-जालंगी राज्य सड़कमा भएको हो।

पुलिस अनुसार मृतकको पहिचान प्रसनजित साहाको रूपमा भएको छ जो छैघरीको पिरतला गाउँका थिए। घटना घट्दा प्रसनजित आफ्ना दुईजना सहकर्मीहरूसित साइकलमा घर फर्किरहेका थिए। यसै अवधि इस्लामपुर तिरबाट आइरहेको एउटा द्रूत गतिकोकारले पछिबाट उनीहरूको साइकलाई ठक्कर दियो।

यस घटनामा प्रसनजितको घटनास्थलमै मृत्यु भयो भने अन्य दुई श्रमिकहरू गम्भीर रूपमा घाइते भए जसलाई तत्कालै मुर्शिदाबाद मेडिकल कलेज अस्पतालमा भर्ती गराइएको छ। पुलिसले बतायो, आरोपी चालक घटनास्थलबाट भाग्न सफल भयो। पुलिसले कारलाई जफत गरेर भगौड़ा चालकलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande