इतिहासको पानामा 16 अक्टोबरः 1968 मा हरगोविन्द खुरानालाई चिकित्साको क्षेत्रमा नोबेल पुरस्कार प्रदान गरियो
भारतीय


नयाँ दिल्ली, 15 अक्टोबर (हि.स.)। भारतीय मूलका अमेरिकी वैज्ञानिक डा. हरगोविन्द खुरानालाई वर्ष 1968 मा शरीर क्रिया विज्ञान र चिकित्साको क्षेत्रमा नोबेल पुरस्कारले सम्मानित गरिएको थियो। उनले यो पुरस्कार रबर्ट डब्ल्यू होली र मार्शल डब्ल्यू निरेनबर्गको साथ साझा गरे।

उनको यो उपलब्धी जीनहरूको संरचना र प्रोटीन संश्लेणको प्रक्रियालाई बुझ्नमा एक एतिहासिक कदम प्रमाणित भयो। खुरानाले यो देखाए कि डीएनएका चार रासायनिक घटक (एडेनिन, साइटोसिन, ग्वानिन र थाइमिन) कुन प्रकारले विभिन्न क्रमहरूमा मिलेर जीवनको निम्ति आवश्यक प्रोटीन बनाउँछन्।

उनको यस शोधले आधुनिक जैव-प्रौद्योगिकी र आनुवंशिकीको आधार राख्यो। पछि उनले कृत्रिम जीनको निर्माण गरी विज्ञानको क्षेत्रमा अझ् एक ठूलो क्रान्ति ल्याए।

महत्वपूर्ण घटनाचक्र

1905 - लार्ड कर्जनद्वारा बंगालको प्रथम विभाजन।

1939 - द्वितीय विश्व युद्धमा जर्मनीले ब्रिटिश क्षेत्रमाथि पहिलो हमला गऱ्यो।

1945 - संयुक्त राष्ट्रले विश्व खाद्य दिवस मनाउने शुरुआत गऱ्यो, जसको उद्देश्य भोकमरी र कुपोषणप्रति जागरूकता फैलाउनु हो।

1946 – नूर्नबर्गमा युद्ध अपराधहरूका लागि दोषी ठहर गरिएका दश नाजी नेताहरूलाई फांसी दिइयो।

1951 – पाकिस्तानका प्रथम प्रधानमन्त्री लियाकत अली खानको रावलपिन्डीमा गोली दागेर हत्या गरियो।

1959 - राष्ट्रिय महिला शिक्षा परिषदको स्थापना।

1964 – चीनले आफ्नो पहिलो परमाणु विस्फोट गऱ्यो।

1968 - हरगोविन्द खुरानालाई चिकित्सा क्षेत्रमा नोबेल पुरस्कारले सम्मानित गरियो।

1984 - दक्षिण अफ्रीकाका सामाजिक कार्यकर्ता डेसमन्ड टुटुलाई शान्तिको निम्ति नोबेल पुरस्कार प्रदान गरियो।

1996 - ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा फुटबल म्याचबीच स्टेडियममा क्षमताभऩ्दा अधिक मानिस पुगेको कारण मचेको भगदड़मा 84 जनाको मृत्यु, 180 भऩ्दा धेरै घाइते।

1999 - सं.रा. अमेरिकाले सैन्य शासनको विरोधमा पाकिस्तानमाथि प्रतिबन्ध लगायो।

2002 – 14औं एशियाई खेलहरूमा एक स्वर्ण र एक कांस्य पदक विजेता डोपिङ टेस्टमा असफल रहेपछि भारतकी सुनीता रानीको पदक खोसियो।

2003 - मलयाली फ़िल्मकार अडूर गोपाकृष्णनलाई फ़्रान्सको दोस्रो सर्वोच्च नागरिक सम्मान 'कमान्डर अफ़ द अर्डर अफ़ आर्ट्स एण्ड लैटर्स' प्रदान गरियो।

2004 – दारफुरमा मर्नेहरूको आंकड़ा 70,000 सम्म पुग्यो। अमेरिकाले इराकी अबू मुसार जल जरकावीको संगठनलाई आतङ्कवादी संगठन घोषित गऱ्यो।

2005 - जी-20 देश वर्ल्ड ब्याङ्क र आईएमएफमा सुधारको निम्ति एकमत।

2011- भारतीय मूलका धावक 100 वर्षीय फ़ौजा सिंहले सबैभन्दा अधिक आयुमा टोरन्टो वाटरफ्रन्ट मैराथन पूरा गरी नयाँ कीर्तिमान स्थापित गर्दै गिनीज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराए।

2012 - सौर मण्डल बाहिर एक नयाँ ग्रह ‘अल्फा सेन्चुरी बीबी’ को पत्तो लाग्यो। 2013 - दक्षिण पूर्वी एशियाई देश लाओसको पाक्से अन्तरराष्ट्रिय हवाई अड्डामा ल्याण्ड गर्नु केही बेर अगाड़ी लाओ एयरलाइन्सको विमान दुर्घटनाग्रस्त हुँदा 49 जनाको मृत्यु।

जन्म

1854 - अस्कर वाइल्ड - प्रसिद्ध लेखक।

1896 - सेठ गोविन्द दास - सेनानी, सांसद तथा हिन्दीका साहित्यकार।

1905- विनय मोहन शर्मा (पं. शुकदेव प्रसाद तिवारी)- प्रसिद्ध लेखक एवं आलोचक।

1939 - दिगम्बर हांसदा - सन्थाली भाषाका विद्वान शिक्षाविद र पद्मश्रीले सम्मानित।

1940 - नरेन्द्र चंचल - भारतका प्रसिद्ध गायकहरूमध्ये एक।

1944 - लच्छू महाराज – भारतका विख्यात तबला वादक।

1948 - हेमा मालिनी- प्रसिद्ध अभिनेत्री एवं भरतनाट्यम्की नृत्यांगना।

1948 - नवीन पटनायक- ओडिशाका 14औं मुख्यमन्त्री।

1950 - निदुमोलु सुमति - भारतकी प्रसिद्ध मृदंग वादक।

1995 - अमित पंघाल - कमनवेल्थ गेम्स, 2022 मा स्वर्ण जीत्ने भारतीय मुक्केबाज।

1995 - वेदा कृष्णमूर्ति - भारतीय महिला क्रिकेटर।

2000 - संकेत महादेव - भारतीय भारोत्तोलक (वेटलिफ़्टर) खेलाड़ी।

निधन

1938 - प्रभाशंकर पाटनी - गुजरातका प्रमुख सार्वजनिक कार्यकर्त्ता थिए।

1951 - लियाक़त अली ख़ाँ – पाकिस्तानका प्रथम प्रधानमन्त्री।

1983 - हरीश चन्द्र महरोत्रा - भारतका महान भौतिक वैज्ञानिक र गणितज्ञ थिए।

1994 - गणेश घोष - भारतीय स्वतन्त्रता सेनानी।

महत्वपूर्ण दिवस

राष्ट्रिय विधिक सहायता दिवस (सप्ताह)

विश्व खाद्य दिवस

विश्व एनेस्थीसिया दिवस

कान्हा राष्ट्रिय उद्यान

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande