जुबीन गर्ग मृत्यु मामिलाः पाँच आरोपी पक्रा परेपछि बाक्सा जिल्लामा इन्टरनेट सेवा बन्द
असम


गुवाहाटी, 16 अक्टोबर (हि.स.)। प्रसिद्ध गायक जुबिन गर्गको मृत्यु मामिलामा पाँच आरोपीलाई बाक्सा जिल्ला पठाइएपछि बुधवार उत्पन्न कानून-व्यवस्थाको स्थितिलाई ध्यानमा राखेर पूरा बाक्सा जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ। हालको परिस्थितिहरूलाई ध्यानमा राखेर राज्यको गृह विभागले यो निर्णय लिएको छ। सबै मोबाइल सेवा प्रदाताहरूलाई इन्टरनेट सेवा र मोबाइल डेटा सेवा बन्द गर्ने निर्देश दिइएको छ। आगामी आदेशसम्म यो निर्देश लागू रहनेछ। यस अवधि भोइस कल र ब्रडब्याण्ड कनेक्शनको टेलीफोन लाइन चालू रहनेछ। राज्य सरकारको गृह र राजनीतिक विभागले यो निर्देश जारी गरेको छ।

जुबिनको मृत्यु मामिलामा 5 आरोपीलाई बाक्सा जेल पठाइएपछि जेल परिसर बाहिर भारी तनाव उत्पन्न भयो। पाँच आरोपीहरू क्रमशः श्यामकानु महन्त, सिद्धार्थ शर्मा, संदीपन गर्ग, परेश वैश्य र नन्देश्वर बोरलाई 14 दिनको सीआईडीको रिमान्ड समाप्त भएपछि बुधवार सीजेएमको अदालतमा पेश गरियो, जहाँबाट उनीहरूलाई जेल पठाइयो। गुवाहाटी सेन्ट्रल जेलका सट्टा 5 आरोपीलाई बाक्सा जेल पठाइयो। तर 5 आरोपीलाई बाक्सा जेल पठाउनसाथ मानिसहरू भड्किए औं विरोध प्रदर्शन शुरू भयो।

पुलिसले विरोधबीच सबै आऱोपीलाई बाक्सा जेलमा पसायो। तर त्यसपछि जेल बाहिर तनावपूर्ण स्थिति उत्पन्न भयो। जेल बाहिर रिसाएर प्रदर्शनकारीहरू र पुलिसबीच झड़प भयो। अर्कोतिर, स्थितिलाई नियन्त्रित गर्न पुलिसले अश्रु ग्यासको गोला छोड्यो, हल्का बल प्रयोग गऱ्यो तथा हावामा गोलीबारी गऱ्यो।

यस घटनामा दीपक मेधी नामक युवकको ढाड़मा गोली लाग्दा उ घाइते भयो। यसपछि चांगसारी स्थित एम्समा दीपकलाई भर्ती गराइय़ो, जहाँ उसको अपरेशन गरियो। अहिले उसको अवस्था स्थिर बताइएको छ। तरैपनि क्षेत्रमा तनाव व्याप्त छ। प्रशासनले बीएनएसको धारा 163 लागू गर्दै तीनभन्दा अधिक मानिसहरू एकत्रमा हुनमा रोक लगाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande