मेरीबोङ चियाबारी गुम्बा गाउँमा भूतपूर्व सैनिकको घर आगलागीमा खरानी
मेरीबोङ चियाबारी गुम्बा गाउँमा भूतपूर्व सैनिकको घर आगलागीमा खरानी


दार्जिलिङ, 17 अक्टोबर (हि.स.)। मेरीबोङ चियाबारी गुम्बा गाउँमा भूतपूर्व सैनिक रतन थापाको घरमा दिउँसै आगलागी भएर घर खरानी भएको छ। स्थानीय मानिसहरू, बिजनबारी अग्निशमन केन्द्र र जोरबङ्गलो थाना प्रभारीको सहयोगमा आगोलाई नियन्त्रित गरिएको बताइएको छ।

आगलागीको सूचना पाउनसाथ क्षेत्रीय सभासद सन्दीप छेत्री पनि घटना स्थलमा पुगेका थिए। पत्रकारहरुलाई सम्बोधन गर्दै सभासद सन्दीप छेत्रीले यो आगलागी सर्ट सर्किटको कारणले भएको भन्ने थाहा लागेको र स्थानीयहरुको सहयोगमा र पछिबाट अग्निशमनको सहयोगमा आगो निभाउन सफल भएको बताए।

उनले यस आगलागीमा सबै जलेर नष्ट भएको अनि आगलागीको क्षति विषयमा सबै सरकारी निकायमा जानकारी गराइएको बताए‌। उनले दु:खको घडीमा आफू पीडित परिवारको साथमा रहेको र कुनै पनि सहयोग गर्न तयार रहेको बताएका छन्‌।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande