खरसाङ, 18 अक्टोबर (हि.स.)। दार्जी टी डेक स्टुडियो, बरबुङ बस्ती, खरसाङमा तीन दिने विशेष टी प्रोसेसिङ तालिम कार्यक्रम सम्पन्न भएको छ। यो तालिममा हिमाली क्षेत्रमा रहेका साना चिया उत्पादक तथा चिया किसानहरूलाई लक्षित गरिएको थियो। यो तालिम फ्रान्सको पेरिसबाट आएका ख्यातिप्राप्त चिया विशेषज्ञ लियोले सञ्चालन गरेका थिए।
उनी पाले दे थे नामक अन्तरराष्ट्रिय चिया कम्पनीका प्रतिनिधि हुन्, जसका युरोप, अमेरिका र अन्य देशहरूमा 150 भन्दा बढी टी स्टुडियोहरू रहेका छन्। लियो सोही कम्पनीका टी खरिदकर्ता पनि हुन्। तालिमका क्रममा उनले युवाहरुलाई दार्जिलिङका बुटाहरूबाट विशेष टी उत्पादन गर्ने सरल तरिका सिकाएका थिए।
यसका साथै उनले सहभागीहरूलाई भियतनाम, चीन, कोरिया, ताइवान, जर्जिया लगायतका देशका विभिन्न किसिमका टीहरूको जानकारी दिएका थिए र अन्तरराष्ट्रिय बजारको माग तथा चलनबारे पनि अवगत गराएका थिए।
कार्यक्रमको अन्तिम दिन आयोजकहरूले लियोलाई आफ्ना अमूल्य समय, ज्ञान र अनुभव सहभागीहरूसँग साझा गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गरे।
हिन्दुस्थान समाचार / हनोक