खरसाङ, 18 अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी खरसाङ मण्डलको टोलीले भीषण वर्षाका कारण आएको पैह्रोबाट प्रभावित क्षेत्र चिम्नी देउराली, खुन्द्रुके र टेकवीर बस्तीमा पुगेर राहत सामग्रीहरु वितरण गर्दै पीडित परिवारहरूको अवस्थाबारे जानकारी लिएका छन्।
खरसाङको चिम्नी देउराली टाउन मण्डल अध्यक्ष संजय थापा, जिल्ला उपाध्यक्ष आरबी लामा, जिल्ला सचिव बिनयप्रसाद, सामाजिक सञ्जाल इन्चार्ज चन्दन प्रसाद, अम्बटे लङभ्यू मण्डल अध्यक्ष बिनिता सुब्बा लगायत अन्य कार्यकर्ताहरूको उपस्थितिमा राहत वितरण सम्पन्न गरिएको हो। यस अवसरमा स्थानीयहरूले पैह्रो पीडित परिवारहरूलाई निरन्तर सहयोग पुर्याएकोमा सांसद राजु विष्टाप्रति हार्दिक आभार व्यक्त गर्दै भने, “यो संकटको घडीमा राजु विष्ट जस्ता जनप्रतिनिधिले हात अगाडि बढाउनु हाम्रो लागि ठूलो आशा र बल हो।”
भाजपाको यो पहलले विपद्को समयमा रहेका परिवारहरूलाई राहत र हौसला दिएको छ साथै पार्टी सधैं जनताको साथमा रहेको सन्देश पनि दिएको बताइएको छ।
हिन्दुस्थान समाचार / हनोक