खरसाङ, 18 अक्टोबर (हि.स.)। धनतेरसको दिन आज खरसाङ बजार केही भीडभाड देखियो। आजदेखि धनतेरसको दिनसितै पाँच दिवसीय दिपावली पर्व शुरु भएको छ। धरतेरसको अवसरमा खरसाङमा सुन चाँदीको गर गहना र धातुका चीजहरु किन्ने मानिसहरुको भीड देखिएको भए पनि बजारको बिक्री भने पहिले जस्तो नरहेको दोकानदारहरु बताउँछन्।
धनतेरसको अवसरमा सुन-चाँदीका गर गहना र धातुका वस्तुहरु किनेर राख्दा घरमा सुख, शान्ति र लक्ष्मीको वास हुने विश्वास रहेको छ। धनतेरसको दिन खरसाङ बजार व्यस्त देखियो। मानिसहरु दिपावलीको लागि सर सामानहरु किन्न, सुन चाँदीका गर गहना र धातुका चीजहरु किन्न व्यस्त देखिए।
यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङका वरिष्ठ पण्डित तुलसीप्रसाद अधिकारी र डुमाराम निवासी नन्दन शर्माले धनतेरसको अवसरमा सुन-चाँदीको गर गहना र धातुका वस्तुहरु किनेर राख्दा घरमा सुख, शान्ति र लक्ष्मीको वास हुने विश्वास रहेको बताए। उनीहरू अनुसार, पौराणिकालमा समुद्र मन्थन हुँदा औषधिहरु निस्कन्दा धनवन्तरीले जिम्मा लिएका थिए र धनतेरसको दिन नै धनवन्तरीको जन्मदिन पालन गरिन्छ। उनीहरूले धनतेरसको सबैलाई शुभकामना साथै सुख शान्ति र समृद्धिको कामना पनि गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक