नयाँ दिल्ली, 18 अक्टोबर (हि.स.)। काँग्रेसका महासचिव जयराम रमेशले चीनसँग बढ्दो व्यापार घाटाप्रति चिन्ता व्यक्त गर्दै केन्द्र सरकारलाई सतर्क रहन आग्रह गरेका छन्।
रमेशले एक्स पोस्टमार्फत दाबी गरेका छन्, अप्रेलदेखि सेप्टेम्बर २०२५ को अवधिमा भारतको चीनसँगको व्यापार घाटा बढेर ५४.४ अर्ब अमेरिकी डलर पुगेको छ, जुन गत वर्ष यही अवधिमा ४९.६ अर्ब डलर थियो। उनका अनुसार, चीनबाट हुने आयात निरन्तर बढिरहेको छ, जसमा सरकारले ध्यान दिनु आवश्यक रहेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी