पहाड़हरूमा ‘मध्यस्थ’ नियुक्तिमा ममताको विरोध, प्रधानमन्त्री मोदीलाई लेखिन् चिट्ठी
ममता


कोलकाता, 18 अक्टोबर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङ, तराई र डुवर्स क्षेत्रमा केन्द्र सरकारद्वारा मध्यस्थ (इन्टरलोक्यूटर) नियुक्त गर्ने फसेलाको कड़ा विरोध गरेकी छन्। यस मुद्दामा उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिट्ठी लेखेर रोष व्यक्त गरेकी छन्।

मुख्यमन्त्रीले चिट्ठीमा लेखेकी छन्, राज्य सरकारलाई विश्वासमा नलिई केन्द्रको यो कदम “आश्चर्यजनक र दुःखद” हो। दार्जीलिङ पर्वतीय क्षेत्र, तराई र डुवर्स जो गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) को अधिकार क्षेत्रमा पर्छ, त्यहाँको कानून-व्यवस्था र शान्ति बनाई राख्ने राज्य सरकारको जिम्मेवारी हो। यस्तो स्थितिमा राज्यलाई अध्यारोमा राखेर कुनै मध्यस्थको नियुक्ति गरिनु उचित होइन।

केन्द्र सरकारले हालमा देशका पूर्व उप राष्ट्रिय सुरक्षा सल्लाहकार र सेवानिवृत्त आईपीएस अधिकारी पंकज कुमार सिंहलाई यस पदमा नियुक्त गरेका छन्। उनलाई गोर्खाहरूको लामो समयदेखि चल्दै आइऱहेको मागहरू र मुद्दाहरूमाथि छलफललाई अगाड़ी बढ़ाउने जिम्मा दिइएको छ।

पंकज कुमार सिंह, जो राजस्थान क्याडरको अधिकारी रहेका छन्, सीमा सुरक्षा र कूटनीतिक वार्ताहरूको विशेषज्ञ मानिन्छन्। यद्यपि, मुख्यमन्त्री ममता ब्यानर्जीले स्पष्ट पारेकी छऩ् कि यस नियुक्तिलाई लिएर न त राज्य सरकारसित कुनै चर्चा गरियो न त नवान्न (राज्य सचिवालय) लाई औपचारिक रूपमा सूचित गरियो।

ममताले आफ्नो चिट्ठीमा भऩेकी छऩ्, दार्जीलिङ र वरपरका क्षेत्रहरूमा स्थायी समाधान एक त्रिपक्षीय मुद्दा हो- केन्द्र, राज्य र स्थानीय प्रशासनबीच। यस्तो स्थितिमा राज्यको जानकारीबिना कसैलाई मध्यस्थको रूपमा नियुक्त गर्नु संवैधानिक भावनाको विपरीत हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande