नयाँ दिल्ली, १८ अक्टोबर (हि.स.)।
पर्वहरूको व्यस्त मौसममा सोशल मिडियामा रेल्वे सम्बन्धी पुराना वा भ्रामक भिडियोहरू साझा गरी यात्रीहरूमा भ्रम फैलाउनेहरूविरुद्ध रेल्वे प्रशासनले कडा कदम उठाएको छ।
रेल्वेले शनिवार जानकारी दिए अनुसार, यस्ता २० भन्दा बढी सोशल मिडिया ह्यान्डलहरू पहिचान गरिएका छन्, जो पुराना वा झूटा भिडियोहरू प्रसारित गरिरहेका थिए। यी सबैको विरुद्ध एफआईआर दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ। सोशल मिडिया प्लेटफर्महरूमा २४ घण्टा निगरानी गरिँदैछ ताकि कुनै पनि प्रकारको गलत सूचना वा अफवाह फैलाउनेहरूविरुद्ध तत्काल कारबाही गर्न सकियोस्।
रेल्वेले नागरिकहरूलाई अपील गरेको छ, कुनै पनि भिडियो वा सूचना साझा गर्नु अघि त्यसको सत्यता अवश्य जाँच गर्नुहोस्। यात्रीहरूलाई केवल रेल्वेका आधिकारिक नोटिफिकेशन र एक्स, फेसबुक, इन्स्टाग्राम तथा यूट्यूब जस्ता आधिकारिक सोशल मिडिया ह्यान्डलहरूमा मात्र विश्वास गर्न अनुरोध गरिएको छ। रेल्वेले स्पष्ट पारेको छ, गलत सूचना फैलाउने कुनै पनि व्यक्ति वा समूहविरुद्ध कडा कानुनी कारबाही गरिनेछ।
--------------
हिन्दुस्थान समाचार / भवानी थामी