कर्नाटकमा आरएसएसको पथ संचलनमा भाग लिँदा पीडीओ निलम्बित
पीडीओ


बेङ्गलुरू, 18 अक्टोबर (हि.स.)। कर्नाटकमा ग्रामीण विकास र पञ्चायत राज विभाग (आरडीपीआर) का आयुक्तले राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को पथ संचलनमा भाग लिने पञ्चायत विकास अधिकारी (पीडीओ) प्रवीण कुमार केपीलाई पदबाट निलम्बित गर्ने आदेश जारी गरेका छन्।

कर्नाटकको रायचूर जिल्लाको सिरवारा तालुकका पीडीओ प्रवीण कुमारलाई निलम्बित गरिएको छ। उनले 12 अक्टोबर 2025 मा लिंगसुगुर कस्बामा आरएसएस शताब्दी समारोहको अवसरमा आयोजित कार्यक्रम (पथ संचलन) मा भाग लिएका थिए। ग्रामीण विकास एवं पञ्चायत राज विभागको तर्फबाट जारी आदेशमा भनिएको छ, प्रवीण कुमार केपीले आरएसएसको गणवेश लगाएर, हातमा डन्डा लिएर पथ संचलनमा भाग लिएका थिए।

रायचूर जिल्लाका मुख्य कार्य़कारी अधिकारीले पनि प्रवीण कुमारको निलम्बनको पुष्टि गरेका छन्। उनले बताए, राष्ट्रिय स्वयंसेवक संघको गणवेश लगाएर, हातमा डन्डा लिएर पथ संचलनमा पीडीओले भाग लिएका थिए, जस कारण उनी विरूद्ध निलम्बनको यो कारबाही गरिएको छ।

विभागको तर्फबाट जारी आदेशमा यो उल्लेख गरिएको छ कि प्रवीण कुमारले कर्नाटक सिविल सेवा (आचरण) नियम 2021 को नियम 3 को उल्लङ्घन गरेका छन्, जस अनुसार, प्रत्येक सरकारी कर्मचारीलाई हरेक समय पूर्ण रूपमा नैतिक हुनुपर्छ र कर्तव्यहरूप्रति समर्पित रहनुपर्छ। एक सरकारी कर्मचारी अनुरूप कुनैपनि अनुचित कार्य गर्नु हुँदैन। तर उनको मामिलामा उनले ती नियमहरूको उल्लङ्घन गरेको पाइएको छ, जस अनुसार प्रत्येक सरकारी कर्मचारीले उच्च नैतिक आदर्शहरूको पालन गर्नुपर्छ, राजनीतिक रूपमा तटस्थ बस्नुपर्छ र कुनैपनि व्यक्ति वा संगठनद्वारा दिइएको कुनैपनि वित्तीय वा अन्य प्रलोभनदेखि प्रभावित हुनुहुँदैन, जसले उसको कर्तव्यहरूको निर्वहनलाई प्रभावित पार्नसक्छ।

ग्रामीण विकास र पञ्चायत राज विभागका आयुक्तले बताए, यस सन्दर्भमा प्रवीण कुमार विरूद्ध अनुशासनात्मक कारबाहीको अनुशंसा गरियो। उनी विरूद्ध लागेको आरोपहरूको विभागीय जाँच आरक्षित राख्दै उनलाई सेवाबाट निलम्बित गर्ने निर्णय लिइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande