पञ्जाबमा गरीब रथ ट्रेनमा आगलागी, कुनै जनहानि भएन
पञ्जाबमा गरीब रथ ट्रेनमा आगलागी, कुनै जनहानि भएन


चण्डीगढ़, १८ अक्टोबर (हि.स.)। पञ्जाबको फतेहगढ़ साहिब जिल्लाको सरहिन्द रेल्वे स्टेशन नजिक आज बिहान गरीब रथ ट्रेनको एउटा बोगीमा आगलागी भयो। गरीब रथ अमृतसरबाट बिहारको सहरसा जाँदै थियो। आगो बोगी नम्बर १९ मा लागेको थियो। घटनामा कसैको मृत्यु भएको खबर प्राप्त भएको छैन।

प्रारम्भिक जाॅंच अनुसार, आगलागीको कारण सर्ट सर्किट भएको अनुमान गरिएको छ। आगो लागेको जानकारी पाउनसाथ आपतकालीन ब्रेक लगाएर ट्रेन रोकियो। ट्रेन रोकिनसाथ यात्रुहरूमा भगदड़ मच्चियो। एक–अर्काभन्दा अघि ओर्लिने क्रममा केही यात्रु हल्का घाइते भएका छन्। करिब एक घण्टापछि आग नियन्त्रणमा लिइयो।

अधिकारीहरूका अनुसार, ट्रेन बिहान सात बजे सरहिन्द स्टेशन पार गरेको थियो। गाउँ ब्राह्मण माजरा नजिकै एक यात्रुले बोगी नम्बर १९ बाट धुवाँ उठेको देखेपछि हल्ला गर्दै चेन ताने। त्यसपछि धुवाँसँगै आगोका लप्काहरू पनि निस्किन थाल्यो र भगदड़ मच्चियो। सूचना पाउनेबित्तिकै रेल्वे, दमकल र पुलिसका टोलीहरू घटनास्थलमा पुगे। यसअघि नै यात्रुहरू बोगीबाट बाहिर निस्किन थालेका थिए। अन्य बोगीका यात्रुहरू पनि तल ओर्लिएका थिए। टीटीई र पाइलटले तुरुन्तै घटनाको जानकारी रेल्वे कन्ट्रोल रूमलाई दिए।

रेल्वेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, आज बिहान बढ़े सात बजे पञ्जाबको सरहिन्द स्टेशनमा ट्रेन नम्बर १२२०४ अमृतसर–सहरसाको एक डिब्बामा आगलागी भएको थियो। घटनाको पत्ता लगाउनसाथ रेल्वे अधिकारीहरूले तुरुन्त कारबाही गर्दै यात्रुहरूलाई अन्य डिब्बामा सारे र आग पनि छिट्टै निभाइयो। ट्रेन छिट्टै पुनः यात्राका लागि प्रस्थान भयो। कुनै जनहानि भएको छैन।

--------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande