-बाहुफोर्ट पुलिसले ड्रग नेटवर्कको भण्डाफोड़ गऱ्यो, 330 ग्राम हेरोइनसितै दुई पक्राउ
जम्मू, 19 अक्टोबर (हि.स.)। एनडीपीएस एक्टको धारा 8/21/22/25 अन्तर्गत एफआईआर संख्या 295/2025 को जाँच गर्ने क्रममा नरवाल पुलिस चौकी प्रभारीले वेव मल नजिकैबाट विशाल कुार, पुत्र राम सिंह, निवासी राजीव नगर नरवाल बुट पलिश टोल, जम्मूलाई पक्राउ गऱ्यो। जाँच गर्दा उबाट 275 ग्राम हेरोइन र तौलिने इलेक्ट्रनिक मशिन जफत गऱ्यो।
जाँचबुझमा आरोपीले खुलासा गऱ्यो, उसले यो मादक पदार्थ रीना पत्न बबी निवासी राजीव नगर नरवाल बुट पलिश मोहल्ला जम्मूबाट खरिद गरेको थियो। तत्काल कारबाही गर्दै आईसी पीपी नरवालको नेतृत्वमा पुलिस दलले उसको आवासमा छापा माऱ्यो जसमा 55 ग्राम हेरोइन,तौलिने मशिन तथा 33,490 रुपियाँ नगद जफत गरियो। त्यसपछि रीनालाई ब्याकवर्ड लिंकेजमा 55 ग्राम हेरोिन, एउटा तलिने मशिन र 33,490 रुपियाँसितै पक्राउ गरियो।
यस अतिरिक्त राजीव नगर जम्मू निवासी शीतल, पायल र काजल नामक थप तीनजना महिला ड्रग तस्करहरूलाई फरवर्ड लिंकेजमा 13 ग्राम हेरोइन, दुईवटा तौलिने शिन अनि 3050 रुपियाँ नगदसितै पक्राउ गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा