जस्टिस उज्जवल भुइँयाले जजेस एसोसिएशनको आधिकारिक वेबसाइटको शुभारम्भ गरे
जस्टिस उज्जवल भुइँयाले जजेस एसोसिएशनको आधिकारिक वेबसाइटको शुभारम्भ गरे


- ‘ज्यूडिशियल प्रोफेशनलिज़्म, एटिकेट एण्ड एक्सपेक्टेशन्स फ्रम ज्यूडिशियल अफिसर्स’ विषयमाथि दिए व्याख्यान

गुवाहाटी, 19 अक्टोबर (हि.स.)। सुप्रीम कोर्टका जज जस्टिस उज्जल भुइयाँले आइतवार गुवाहाटीस्थित कटन यूनिभर्सिटीको केबीआर अडिटोरियममा आयोजित एक समारोहमा अल अशम जजेस एसोसिशएनक आधिकारिक वेबसाइटको शुभारम्भ गरे। यस अवसरमा उनले “‘ज्यूडिशियल प्रोफेशनलिज़्म, एटिकेट एण्ड एक्सपेक्टेशन्स फ्रम ज्यूडिशियल अफिसर्स’ विषयमा विशेष व्याख्यान पनि दिए।

आफ्नो सम्बोधनमा जस्टिस भुइयाँले भने, यो वेबसाइट न्यायिक अधिकारीहरूबीच उत्कृष्ट संचार स्थापा गर्नको साथै परम्परा सहयोगको भावनालाई सुदृढ़ बनाउने प्रभावशाली माध्यम बन्नेछ। उनले भने, जनताक विश्वास न्याय प्रणालीमाथि अटुट रहनु पर्छ र यो त्यसबेला मात्र सम्भव हुनेछ जतिबेला न्याय निष्पक्ष, निर्भीक औ निष्कलंक ढंगमा दिइन्छ। समाजमा न्यायपालिकाको प्रतिष्ठा यसै कुरामाथि निर्भर गर्दछ कि न्यायिक अधिकारीले कस्तो आचरण गर्दछन्। त्यसैले निर्णय प्रक्रिा कुनै पनि बाहिरी प्रभावदेखि मुक्त रहनुपर्छ। उनले भने, “न्यायपालिकालाई कुनै प्रकारको पक्षपात वा अनुग्रह प्रदर्शित गर्ने रूपमा कहिल्यै पनि हेर्नु हुँदैन।”

जस्टिस भुइयाँले जिल्ला स्तरमा कार्यरत न्यायिक अधिकारीहरूसित संविधानको भावना अनुरूप व्यवहार गर्ने अनि व्यवहारिक दृष्टिकोण अप्नाउने आग्रह गरे। उनले भने, न्यायिक अधिकारीले आफ्नो पेशागत तथा सार्वजनिक जीवनमा संयम अप्नाउन् अनि अन्य सेवाका अधिकारीहरूसित अत्यधिक निकटता बढ़ाउन्।

यस अवसरमा गौहाटी उच्च न्यायालयका मुख्य न्यायाधीश जस्टिस अशुतोष कुमारले पनि संक्षिप्त सम्बोधन राखे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande