तुपुदानाको नेपाली कलोनी निवासीहरूले श्रमदान गरेर सड़क मरम्मत गरे
तुपुदानाको नेपाली कलोनी निवासीहरूले श्रमदान गरेर सड़क मरम्मत गरे


राँची, 19 अक्टोबर (हि.स.)। स्थानीय जनप्रतिनिधिहरूको उदासिनतादेखि क्षुब्ध राँचीको तुपुदाना नेपाली कलोनीका मानिसहरूले फेरि आफ्नो हातमा जिम्मेवारी लिँदै आइतवार श्रमदान गरे। उनले कलोनीको मुहानमा फालिएका मैला-कुचैला तथा पशुहरूको अवशिष्टलाई जेसीबीले सफा गराए। यसकोसाथै कलोनीको जर्जर सड़कको मरम्मत पनि उनीहरूले आफै गरे।

स्थानीय निवासी नकुल कुमार साहु, रवि, कुलवन्ती देवी समेत अन्य कलोनीवासीहरूले बताए, यस क्षेत्रको दयनीय अवस्थालाई लिएर कैयौं पटक स्थानीय जनप्रतिनिधिहरूलाई लिखित तथा मौखिक सिकायत गरिएको भए पनि अहिलेसम्म कुनै सुनावाई भएन। त्यसैले थकित भएर कलोनीवासीहरूले आफै मैला सफा गर्ने सड़क मरम्मत गर्ने जिम्मा उठाए।

सुनिल सिंहले भने, नेताहरूले भोट मात्र देख्छन्। जहाँ भोट पाउँछ त्यहाँ मात्र काम गर्छन्। त्यसैले नेपाली कलोनीलाई बेवास्ता गरिरहेका छन्। मनोज कुमारले बताए, हामीलाई भारतीय जनता पार्टी (भाजपा)-को समर्थक भनेर यहाँका मूलभूत सुविधाहरू जस्तै पानी-बिजुली, सफाई आदिबाट वञ्चित राखिएको छ। त्यसैले कलोनीवासीहरूले चन्दा संग्रह गरेर आफै सड़क बनाए अनि अब सफाई पनि आफै गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande