इटानगर, २२ अक्टोबर (हि.स.)। अरुणाचल प्रदेशको नामसाई जिल्लामा सुरक्षा बलसँग भएको भिडन्तमा प्रतिबन्धित युनाइटेड लिबरेशन फ्रन्ट अफ असम-इन्डिपेन्डेन्ट (उल्फा-आई) का एक क्याडर मारिएको छ। यो भिडन्त २१ अक्टोबरको राति सुरु भएको थियो जब असम राइफल्सका जवानहरूले ६ माइल नजिक करिब सात उल्फा (आई) उग्रवादीको समूहसँग भिडन्त गरेका थिए।
गुवाहाटीस्थित सेनाको पीआरओले बुधबार औपचारिक बयानमा बताएअनुसार, प्रतिबन्धित संगठन युनाइटेड लिबरेशन फ्रन्ट अफ असम-इन्डिपेन्डेन्ट (उल्फा-आई) कथित रूपमा असममा काकोपाथर आर्मी क्याम्पमाथि हालै भएको आक्रमणसँग सम्बन्धित थियो। मारिएको उग्रवादीको पहिचान इवान आसोमको रूपमा भएको छ, जसलाई कोंटी आसोम र अभिकेश्वर मोरानको नामले पनि चिनिन्छ।
भिडन्तपश्चात, सैनिकहरूले मारिएको उग्रवादीबाट एक एचके राइफल, एक ह्यान्ड ग्रेनेड र एउटा झोला फेला परेको छ। भिडन्तको क्रममा उल्फा (आई) का बाँकी सदस्यहरूले अँध्यारोको फाइदा उठाएर भाग्न सफल भएका थिए।
सुरक्षा कर्मचारीहरूले भिडन्त स्थलबाट भागेका अन्य मिलिटेन्टहरूको खोजी जारी राखेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी