
तवाङ, 23 अक्टोबर (हि.स.)। अरुणाचल प्रदेशको तवाङ जिल्लामा भारत चीन सीमामा बुमला पासमा आज शहीद दिवस मनाइयो। यस अवसरमा 1962 को भारत चीन युद्धमा बुमला सेक्टरमा शहीद भएको सुबेदार जोगिन्दर सिंह र अन्य सैनिकहरूलाई श्रद्धाञ्जली दिइयो।
भारतीय सेनाको सिख रेजिमेन्टद्वारा उनीलगायत उनको टोलीलाई श्रद्धाञ्जली दिइयो। यस अवसरमा भारतीय सेना र तवाङ जिल्ला प्रशासनले संयुक्त रूपमा एउटा बाइक ऱ्यालीको आयोजन गरियो।
समुद्र तलदेखि 15,200 फीट माथि, युद्ध स्मारक तवाङबाट बुमला बर्धरसम्म बाइक ऱ्याली निकालियो, जसमा 1962 को भारत चीन युद्धका शहीद सूबेदार जोगिन्दर सिंहलाई श्रद्धाञ्जली दिइयो।
स्थानीय विधायक नामगे छिरिङ बाइक ऱ्यालीमा सहभागी बन्दै भने, आज हामी संयुक्तरूपमा भारतीय सेना, जिल्ला प्रशासन र तवाङका स्थानीय जनताले स्मरण गरे, जसले तवाङ र देशको भूमिलाई बचाउन आफ्नो प्राणको बाहुति दिए।
उल्लेखनीय छ, 23 अक्टोबर, 1962 मा बुमला पासको लडाई सिख रेजिमेन्टको एउटा प्लाटूनको कमान सम्हालेका सूबेदार जोगिन्दर सिंहले वर्तमान अरुणाचल प्रदेशमा बुमला पास छेउ एउटा पहाडमा चीनी हमलाको सामना गरेको थियो।
हिन्दुस्थान समाचार / बिशाल