
कोकराझाड़, 23 अक्टोबर (हि.स.)। असमका पुलिस महानिदेशक हरमीत सिंहले बिहिवार कोकराझाड़को भ्रमण गरेर बिहान रेवले ट्र्याकमा भएको आईईडी विस्फोटपछिको सुरक्षा स्थितिको जायजा लिए। यो विस्फोटले कोकराझाड़ र सालाकाटी रेवले स्टेशनबीच ट्र्याकको एउटा हिस्सा क्षेतिग्रस्त भएको थियो।
डीजीपी सिंहले 7औं बटालियन पुलिस क्याम्प, चराईखोलामा वरिष्ठ पुलिस अधिकारीहरू र सुरक्षा एजेन्सीहरूसॅंग एक उच्चस्तरीय बैठक गरे। बैठकमा घटनाको विस्तृत समीक्षा गरियो र भविष्यमा यस्ता घटनाहरूलाई रोक्नका लागि समन्वित रणनीतिमाथि चर्चा गरियो।
उनले अधिकारीहरूलाई जिल्लामा विशेषगरि रेलवे लाइन र अन्य महत्वपूर्ण प्रतिष्ठानहरूमा सुरक्षा निगरानी बढाउने निर्देश दिए। साथै, राज्य पुलिस, रेलवे पुलिस र केन्द्रिय सुरक्षा बलहरूबीच घनिष्ठ समन्वय बनाइराख्न बल दिए।
मिडियासॅंग कुराकानी गर्दै डीजीपी सिंहले भने, विस्फोट एउटा आईईडीद्वारा गरिएको थियो। फरेन्सिक टीमले घटनास्थलबाट नमूना संग्रह गरेको छ। जॉंच जारी छ र चॉंडै दोषीहरूको पहिचान गरेर पक्राउ गरिने छ।
हिन्दुस्थान समाचार / बिशाल