हुगली, 23 अक्टोबर (हि.स.)। हुगली जिल्लाको चन्दननगरबाट एउटा ह्रदयविदारक घटना अघि आएको छ। दुई दिन अघि बेपत्ता बनेकी 25 वर्षीया युवती मनामी घोषको शव बिहिवार बिहान श्रीरामपुरको गङ्गाघाटबाट फेला परेको छ।
जानकारी अनुसार, मनामी घोष चन्दननगरको बउबजार क्षेत्र निवासी थिइन् र बागबजारस्थित एउटा सूनको दोकानमा काम गर्थिन्। परिवारले कार्यस्थलमा लगातार उत्पीडन र मानसिक प्रताडनाको आरोप लगाउॅंदै यसै कारण मनामीले आत्महत्या गरेको दाबी गरेका छन्।
जानकारी अनुसार, मंगलवार दिउॅंसो लगभग 12 बजी मनामीलाई चन्दननगर बस स्ट्याण्ड छेउ देखिएको थियो। केही समयपछि उनले एउटा पत्र लेखिन्, त्यसलाई आफ्नो मोबाइलमुनि दबाए र गङ्गा नदीमा हाम फालिन्। उनलाई पौडी खेल्न आउॅंदैन थियो र तत्काल डुब्न पुगिन्।
पुलिसले यस मामिलामा आत्महत्याको लागि उक्साएको धारा अन्तर्गत मामिला दर्ता गरेको छ। जुन दोकानमा मनामी काम गर्थिन्, त्यसका मालिककी पत्नी ममता दाससॅंग सोधपुछको लागि पुलिसले हिरासतमा लिएको छ।
हिन्दुस्थान समाचार / बिशाल