त्रिशक्ति कोर र राजभवनले राज्यस्तरीय म्याराथन आयोजन गर्ने
त्रिशक्ति कोर र राजभवनले राज्यस्तरीय म्याराथन आयोजन गर्ने


गान्ताेक, 23 अक्टोबर (हि.स.)। भारतीय सेनाको त्रिशक्ति कोर र राजभवन सिक्किमको संयुक्त तत्वावधानमा आगामी 26 अक्टोबरका दिन राज्यस्तरीय म्याराथन 'Solidieration– The Great Himalayan Connect' का आयोजना गरिरहेको छ। यस आयोजनमा प्रत्येक श्रेणीमा प्रथम, ​दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने धावकलाई पुरस्कार राशि निर्धारित रहेको जानकारी राजभवनले दिएको छ। राजभवन अनुसार, म्याराथनको निम्ति राजधानीको पाल्जोर स्टेडियमस्थित इन्डोर बास्केटबल कोर्टमा 25 अक्टोबर, 2025 का दिन पञ्जीकरण हुनेछ। पञ्जीकरणको निम्ति समय बिहान 8 बजीदेखि दिउॅंसो 1 बजीसम्म निर्धारित गरिएको छ। धावकहरूको सुविधाको निम्ति भर्चुअल सहभागिताको प्रावधान पनि राखिएको छ। पञ्जीकरणको लागि गान्तोक आउन नसक्ने धावकहरूले 20 देखि 25 अक्टोबरसम्म भर्चुअल स्टेपथनमा भाग लिन सक्नेछन्। पञ्जीकरणको लागि क्यूआर कोड पनि उपलब्ध गराइएको छ। यो प्रतियोगिता सबै आयु वर्गको लागि खुला रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande