कूचबिहार, 23 अक्टोबर (हि.स.)। मेखलीगञ्ज थानाको पुलिसले चेङराबांधा ग्राम पंचायतको सीमावर्ती क्षेत्रको एउटा घरबाट पॉंच बांग्लादेशी नागरिकहरूलाई पक्राउ गरेको छ। उनीहरू स्थानीय निवासी रशीदुल रहमानको घरमा लुकेका थिए। उनीहरूको नाम मोहम्मद अरिफुल, मोहम्मद रबीउल इस्लाम, मोहम्मद सोहाग, मोहम्मद रुबेल इस्लाम र मोहम्मद लाजू बताइएको छ।
पुलिसले बिहिवार रशीदुलकी पत्नी रबेया बीबीलाई पनि बांग्लादेशीहरूलाई अवैधरूपमा राखेको आरोपमा पक्राउ गरेको छ। पक्रा परेका सबै बांग्लादेशी लालमोनिरहाट जिल्लाको पटग्राम थाना क्षेत्रका विभिन्न गाउॅं निवासी हुन्। सीमामा तैनात जवानहरूलाई छक्काएर कसरी भारतभित्र प्रवेश गरे भन्ने ठूलो प्रश्न बनेको छ।
मेखलीगञ्जका एसडीपीओ आशीष पी. सुब्बाले भने, यस घटनामा सामेल थप चार भारतीयहरूको खोजी जारी छ।
हिन्दुस्थान समाचार / बिशाल