गुवाहाटी, 23 अक्टोबर (हि.स.)। केन्द्रिय विदेश राज्यमन्त्री पबित्र मार्घेरिटाले स्पष्ट गर्दै यो जमघट कसैको विरोधमा गरिएको आन्दोलन नभई न्यायको समर्थनमा एक जनभावनाको प्रतीक रहेको बताएका छन्। उनले भने, यो आन्दोलन होइन, यो कसैको विरोधमा पनि होइन्। यो केवल न्यायको पक्षमा हो।
मार्घेरिटाले भने, यो शोभायात्रा भाजपाको 65 लाख सदस्य र शुभचिन्तकहरूका प्रिय कलाकार जुबीन गर्गप्रति असीम प्रेम, श्रद्धा र कृतज्ञताको एक विनम्र अभिव्यक्ति हो। उनले भने, यो भावना र अधिकार प्रत्येक असमिया व्यक्तिको हो।
हिन्दुस्थान समाचार / बिशाल