
खरसाङ, 23 अक्टोबर (हि.स.)। तीनधारे महानदी समष्टि अन्तर्गत अप्पर सिमरिङको मालबाँसेको अग्नि पीडितलाई राहत वितरण गरिएको छ। उक्त राहत सामग्रीहरु भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला महासचिव सोनाम लामा, जिल्ला सचिव बिनय प्रसाद तथा समाजसेवी ऐतमानहाङ राईको उपस्थितिमा वितरण गरिएको छ। यस कठिन समयमा राहत सामग्रीहरू उपलब्ध गराएकोमा दार्जिलिङका सांसद राजु विष्टप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक